+
+

नाफा आधारमा प्राइम र सनराइज बराबरी पोजिशनमा

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २२ गते ११:३८


२२  बैशाख, काठमाडौं । चालु आवको तेस्रो त्रैमाशमा प्राइम कमर्सियल बैंक र सनराइज बैंक लगभग बराबरी पोजिशनमा देखिएका छन् । राइट ब्याक, नाफा र खराब कर्जामा यी संस्था लगभग एउटै पोजिशनमा देखिएका छन् । नाफाको वृदिदर र व्याज आम्दानीमा भने सनराइज अगाडी देखिएको छ ।
सनराइज बैंकको नाफा ४८ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाश (चैतसम्म) ५८ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने ८६ करोड रुपैयाँ कमाएको हो ।
बैंकको व्यवसाय आकारमा नै बढोत्तरी भएको छ । गत वर्ष १ अर्ब २ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आवमा १ अर्ब ६२ करोड ब्याज आम्दानी गर्न सकेको हो । ब्याज आम्दानीमा ५९ प्रतिशतको वृद्धि देखिएको छ ।
बैंकको कुल सञ्चालन अम्दानी ५४ प्रतिशतले बढेर २ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । बैंकले करिब ५१ करोड रुपैयाँ आम्दानी फि, कमिसन, बैदेशीक मुद्राको विनिमय र अन्य आम्दानीबाट गरेको छ ।
बैंकले १२ करोड ९६ लाख रुपैयाँ राइट ब्याक गरेको छ । बैंकको कुल कर्जामा खराब कर्जाको दरमा १.५० प्रतिशत छ । गत आवमा यो दर २.२८ थियो । बैंकले २३ करोड ६४ लाख रुपैयाँ सम्भावित जाखिम बापतको नोक्सानलाई समेत छुट्याएको छ ।
बैंकको पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेको सीमाभन्दा सहज अवस्थामा छ । यो अनुपात १२.८८ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) ७९.६२ प्रतिशत छ ।
बैंकको चुक्ता पुँजीमा ५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चिती तथा जगेडा कोषमा २ अर्ब ३ करोड रुपैयाँ छ । बैंकको निक्षेप करिब ३९ प्रतिशतले बढेर ५७ अर्ब र कर्जा ४७ प्रतिशत बढेर ५० अर्ब लगानी भएको छ । बैंकको कर्जा दिदा आधार मानिने बेस रेट पुसको ७.५७ प्रतिशतको तुलनामा बढेर ९.४७ पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २०.९८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ३६ रुपैयाँ रहेको छ । बैंकको सेयरमा प्रतिफल घटेको छ । गत आवमा १८ रहेको बैंकको सेयरमा प्रतिफल हाल भने १५.४४ छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकको नाफा करिब २६ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाश (चैतसम्म) ७० करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने ८८ करोड रुपैयाँ कमाएको हो ।
बैंकको व्यवसाय आकारमा बढोत्तरी भएको छ । गत वर्ष १ अर्ब ११ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आवमा १ अर्ब ३१ करोड ब्याज आम्दानी गर्न सकेको हो । ब्याज आम्दानीमा करिब १७ प्रतिशतको वृद्धि देखिएको छ ।
बैंकको कुल सञ्चालन अम्दानी २८ प्रतिशतले बढेर १ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । बैंकले करिब ५४ करोड रुपैयाँ आम्दानी फि, कमिसन, बैदेशीक मुद्राको विनिमय र अन्य आम्दानीबाट गरेको छ ।
बैंक यसअघि खराब कर्जामा रहेको १३ करोड ३८ लाख रुपैयाँ उठाउन सफल भएको देखिन्छ । बैंकको कुल कर्जामा खराब कर्जाको दरमा १.३७ प्रतिशत छ । बैंकले २४ करोड रुपैयाँ सम्भावित जाखिम बापतको नोक्सानलाई समेत छुट्याएको छ ।
बैंकको पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेको भन्दा सहज नै अवस्थामा छ । यो अनुपात १२.८२ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) ७२.६७ प्रतिशत छ ।
बैंकको चुक्ता पुँजीमा ५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चिती तथा जगेडा कोषमा १ अर्ब ९१ करोड रुपैयाँ छ । बैंकको निक्षेप करिब २१ प्रतिशतले बढेर ५६ अर्ब र कर्जा करिब ३० प्रतिशत बढेर ४८ अर्ब लगानी भएको छ । बैंकको कर्जा दिदा आधार मानिने बेस रेट पुसको ७.३० प्रतिशतको तुलनामा बढेर ७.९६ पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २०.३२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २३.५७ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ३२ रुपैयाँ रहेको छ । बैंकको सेयरमा प्रतिफल केही घटेको छ । गत आवमा २०.१८ रहेको बैंकको सेयरमा प्रतिफल केही घटेर १७.९६ प्रतिशतमा सिमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?