Comments Add Comment

बसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

२२ वैशाख , झापा। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत शिवसतासी नगरपालिका-११ स्थित दूधे चोकमा शुक्रबार गुडिरहेको बसमा मोटसराइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी २४ वर्षीय लक्ष्मण दाहाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २९ प ३५९ नम्वरको मोटरसाइकल विपरीत दीशाबाट आउँदै गरेको को १ ख ४८४२ नम्वरको बससंग ठोक्किएको थियो ।

सो घटनामा गम्भीर घाइते भएका दाहालको उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment