+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

न्यायाधीशको ‘भावुक’ आदेशः यो देशलाई सतिको श्राप छ भन्ने गरिन्छ, अब विचार गर्नैपर्छ

'राज्यका सबै अंग, राजनीतिक दल र नागरिक समाज युद्धमा उत्रिए सरह भयो'

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २२ गते १९:५७

२२ बैशाख, काठमाडौं । ‘..मेरो मन मलिन, उदास र अशान्त भइरहेको महशूस गरिरहेको छु । ….बादल लागेको जस्तो हिन भावना जागृत भएको अवस्था प्रत्यक्ष देखिने गरी प्रतिविम्बित भइरहेको मैले देखेको छु, महसुस गरिरहेको छु ।’

झट्ट हेर्दा कुनै साहित्यक कृतिको अंश लाग्न सक्छ । तर, गलत । यो त सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजललासले जारी गरेको आदेशको अंश हो ।

सर्वोच्चले शुक्रबार प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दायर भएको महाअभियोगको प्रक्रिया नबढाउन आन्तरिम आदेश दिएको छ ।

आदेशमा कार्कीलाई शुक्रबार नै काममा फर्कन पनि भनिएको छ । साथै अन्तरिम आदेश दिने न्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो व्यक्तिगत भावना पनि पोखेका छन् ।

सामान्यतया अदालतको फैसला गर्दा न्यायाधीशले घुमाउरो भाषामा मुद्दाको दाबी के हो र के ठहर्छ भन्ने गर्छन् । त्यसमा पनि म भन्ने शब्दको सट्टा अप्रत्यक्ष कथनको प्रयोग हुन्छ ।

तर, न्यायाधीश जबराले आदेश लेखेका छन्, ‘निवेदकले माग गरेको अन्तरिम आदेश गर्दै गर्दा मेरो मन मलिन, उदास र अशान्त भइरहेको महसुस गरीरहेको छु ।’

आदेशमा अघि लेखिएको छ, ‘सम्माननीय प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएकै दिनदेखि यस संस्थाको सबै न्यायाधीशहरुको अनुहारमा बादल लागेको जस्तो हिन भावना जागृत भएको अवस्था प्रत्यक्ष देखिने गरी प्रतिविम्वित भइरहेको मैले देखेको छु, महसुस गरेको छु ।’

न्यायाधीशले के यो देश सतिले सरापेको हो ? भन्ने प्रश्न पनि गरेका छन् । अन्तर्राष्ट्रिय अदालती अभ्यासहरुमा कहिलेकाहि यस्ता व्यक्तिगत भावनाहरु पनि न्यायाधीशले फैसला र आदेशहरुमा लेख्ने गरेको वकिलहरु बताउँछन् ।

अदालतको आदेशमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एकै ठाउँमा बसेर समाधान खोज्नुपर्ने देखिएको उल्लेख छ । न्यायाधीशले आदेशमा नागरिक समाज, राजनीतिक दल र राज्यका सबै अंगमा युद्धमा उत्रिएको जस्ता अवस्था देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

फैसलाको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?