+
+

लोग्नेसँग झगडा गरी स्वास्नीले कपाकप चपाएर खाइन् ७ लाख

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २३ गते १४:०३

रिसको झोँकमा मानिसले के के मात्र गदैन रहेछ । सौताको रिसले पोईको काखमा सु गरिदिने भन्ने उखान त सुनिएकै हो । तर लोग्नेले रिसले लाखौँ पैसा नै चपाइदिएको कुरा चाहीँ सुनिएको थिएन । अहिले कोलम्बियामा चाहीँ यो घटना भएछ ।

लोग्नेसँग झगडा गरी रिसको झोँकमा एक महिलाले आफ्नो परिवारको महिनौँको बचत झ्वाम पारिन् चपाएर । उनले ७ हजार डलर अर्थात् भ७ लाख रुपैयाँ भन्दा बढि बराबरको स्थानीय मुद्राका नोट कपाकप चपाएर खाइन् ।

लोग्नेको रिसले लाखौँ पैसा चपाएर खानु उनको लागि नै भारी पर्यो । पैसाको बिटो निलेसँगै यी महिलाको स्वास्थ्य बिगि्रयो र शल्यक्रिया गरेर निलेका नोटहरु पेटबाट निकाल्नुपर्यो ।

वास्तवमा ती महिला आफ्नो लोग्नेसँग कहीँ घुम्न जान चाहन्थिन् र घुमफिरका लागि उनले महिनौँदेखि पैसा पनि जम्मा गरिरहेकी थिइन् । घुमफिरको योजना बनाउन लोग्नेलाई आग्रह गर्दा सहमति जुट्न सकेन र झगडा सुरु भयो । लोग्नेसँगको झगडाका कारण रिसले चूर भएकी ती महिलाले घुमफिरका लागि भन्दै जम्मा गरेको रकमको नोटको बिटो चपाएर निलिन् ।

रिसको झोँकमा यसो गरेकी महिलाको स्वास्थ्य अवस्था नाजुक बन्यो । तत्कालै उनलाई उनका लोग्नेले अस्पताल लगे, जहाँ सर्जरी गरेर उनको पेटका नोट निकालियो । धन्न उनको ज्यान बँच्यो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?