+
+
Shares

सर्लाहीमा ५ किलो गाँजासहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते ७:४८

१० जेठ, जनकपुरधाम । सर्लाहीबाट लागुऔषध पाँच किलो गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-९ बस्ने ६५ वर्षीय नागेन्द्र सिंह छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठका अनुसार उनलाई बुधबार अपराह्न साढे ४ बजे लालबन्दी बजारस्थित बर्गर हाउस नजिकबाट नियन्त्रणमा लिइएको हो ।

चेकजाँच गर्दा गाँजा फेला परेपछि नागेन्द्रलाई पक्राउ गरिएको उनले बताए । उनको साथमा रहेको प्लाष्टिकको बोरामा रहेको ५ किलो गाँजा बरामद भएको डिएसपी श्रेष्ठको भनाइ छ ।

उनीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?