Comments Add Comment

सावधान ! प्रेसर कुकर यसरी प्रयोग त गरिरहनुभएको छैन ?

हाम्रो भान्सामा दैनिक प्रयोगमा आउने साधन हो, प्रेसर कुकर । छिटो र मीठो पाकवनको लागि प्रेसर कुकर निकै उपयोगी पनि हुन्छ । यससँगै प्रेसर कुकरमा खाना पकाउनुको अर्को फाइदा भनेको, कुनैपनि खानेकुराको पौष्टिक गुण कायम रहन्छ । यद्यपी यो सधै सुरक्षित भने हुँदैन । प्रेसर कुकर विस्फोट हुने संभावना पनि उत्तिकै हुन्छ । त्यसैले यसको प्रयोग गर्दा धेरै कुरामा ध्यान पुर्‍याउनु पर्छ ।

जबरजस्ती नखोलौं


पानी बिना कुकरको प्रयोग
प्रेसर कुकरमा खानेकुरा पकाइरहँदा यसमा बाफ बन्छ । जब हामी ग्यास चुल्हो बन्द गर्छौ, त्यसपछि पनि कुकरभित्रको वाफको चाप रहिरहन्छ । बाफको चाप रहेकै बखत कतिपयले हतार हतार कुकरको बिर्को खोलिदिन्छ । यस्तो गल्ती गर्दा कुकरमा उम्लिरहेको खानेकुरा बाफको चापसँगै आफ्नो अनुहारमा आउन सक्छ । त्यसैले बाफ निस्किसकेपछि मात्र बिर्को खोल्नुपर्छ ।

कति खानेकुरा उसिनेर खानका लागि कुकरमा पानीको साटो घिउ वा तेल प्रयोग गर्छन् । यद्यपी कुकरमा खानेकुरा पकाउँदा पानी हाल्नैपर्छ । साथै त्यती धेरै पानी पनि प्रयोग गर्नुहुन्न, जो बिर्कोसम्म आइपुग्छ । किनभने कुकरमा बाफ जम्मा हुनका लागि पनि ठाँउ चाहिन्छ ।

पुरानो प्रेसर कुकर

धेरै पुरानो भइसकेको प्रेसर कुकर प्रयोग गर्नु खतरनाक हुनसक्छ । कुकर प्रयोग गर्नुअघि त्यसको अवस्था जाँच गर्नैपर्छ ।

कसरी बन्द गर्ने ?

कुकरलाई जहिले पनि सहि ढंगले बन्द गर्नुपर्छ, जसले गर्दा ठीकसँग बाफ जम्मा हुन पाउँछ ।

हरेक कुरा उमाल्नु हुँदैन

कतिपयले प्रेसर कुकरमा जे पनि उमाल्ने गर्छन् । जबकी हरेक चिजको आफ्नो रुप र पाक्नका लागि आफ्नै तरिका हुन्छ । कुकरमा अन्न र केहि सब्जी उमाल्न सकिन्छ तर, सबै कुरा उमाल्नु हुँदैन ।

प्याज लसुन भुट्ने

प्रेसर कुकरमा तरकारी पकाउने क्रममा कतिले त्यसमै तेल तताएर प्याज, लसुन भुट्ने गर्छन् । यसले गर्दा खास स्वाद आउँदैन । कुकरमा नभई अलग्गै फ्राइङ प्यानमा प्याज, लसुन भुटेर प्रयोग गर्नु राम्रो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment