+
+
Shares

३ जना सवार हेलिकोप्टर लुक्लामा ‘फोर्स ल्याण्डिङ’, सामान्य क्षति

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २४ गते ९:१४
फाइल् तस्वीर

२४ बैशाख, काठमाडौं । हेली एभरेष्टको हेलिकोप्टर अवतरणका क्रममा लुक्लामा ‘फोर्स ल्याण्डिङ’ गरिएको छ । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन ।

सगरमाथा आधार शिविरबाट यात्रु लिएर आएको हेलिकोप्टर फोर्स ल्याण्डिङ गरिएको हो । क्याप्टेन निश्चित केसीका अनुसार फोर्स ल्याण्डिङका क्रममा जहाजमा सामान्य क्षति भएको छ । ‘तेल बुममा क्र्याक आएको छ, अब मर्मत नगरी उडाउन मिल्दैन,’ केसीले अनलाइनखबरसँग भने ।

यो हेलिकोप्टर स्वीस पाइलट ग्रेगर वियरले उडाएका थिए । हेलिकोप्टरमा ३ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?