२४ वैशाख, काठमाडौं । गएराति बिजुली बजारमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई घाइते भएका छन् । दुर्घटनामा धनकुटाका चन्द्र निरौलाको मृत्यु भएको छ ।
तीनकुनेबाट बबरमहलतर्फ आइरहेको बा१६च ८६०३ नंको कार पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका निरौलाको बानेश्वरस्थित एभरेष्ट नर्सिङहोममा उपचारका क्रममा निधन भएको प्रहरी प्रभाग, बानेश्वरले जनाएको छ ।
घाइते भक्त तामाङ र गणेश खत्रीको उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4