Comments Add Comment

सोनाक्षीदेखि विद्यासम्म, जसका फिल्म चलेनन्


बलिउडमा पछिल्लो ३/४ वर्षमा केही नायिकाको चलचित्र लगातार असफल भएको छ । तर, पनि यी नायिकाको हातमा चलचित्रको कमी छैन । लगातार तीन/चार चलचित्र असफल हुँदा पनि अभिनयको अवसर पाइरहेका छन् । असफलताले नै सफलताको पाठ सिकाउँछ भन्नेहरु पनि भेटिए । हेरौ लगातार असफलताको स्वाद चाख्नेहरु को-को रहेछन्ः

सोनाक्षी सिन्हाः सोनाक्षी सिन्हा अभिनित ‘एक्सन ज्याक्सन, तेवर, अकीरा र नुर’ असफल चलचित्रको सूचीमा दर्ता भयो । ‘इत्तेफाक’ निर्माणको क्रममा भएकाले यसै भन्न सकिन्न । हरेक चलचित्रमा उत्तिकै मिहिनेत गरेको दाबी गर्ने सोनाक्षीले चलचित्र चल्नु र नचल्नुमा आफ्नो कुनै हात नभएको धारणा राखिन् ।

विद्या बालानः विद्या अभिनित ‘घनचक्कर, शादीका साइड इफेक्ट, बेगम जान, हमारी अधुरी कहानी’ असफल चलचित्रको सूचीमा पर्‍यो । ‘हमारी अधुरी कहानी’ नचलेपछि रोएकी थिइन् विद्या वालान । ‘कहानी-२’ नचल्दा उनलाई त्यती धेरै पीडा भएन । विद्या भन्छिन्-‘चलचित्र आफैमा एउटा ज्वाइन्ट प्रोजेक्ट हो । मैले राम्रो काम गर्दैमा चलचित्र चल्छ भन्ने छैन ।’ केही चलचित्र असफल भएपनि अभिनय जारी राख्ने उनको योजना छ ।

कट्रिना कैफः कट्रिना अभिनित ‘फ्यान्टम, फितुर र बार बार देखो’ रिलिज भए । कटि्रनाको भनाइमा सबै चलचित्र सोचे जस्तै बन्दैन र चल्दैन पनि । केही चलचित्र असफल भएपनि उनी हतास छैनन् ।

परिणीति चोपडाः परिणीति चोपडालाई ‘हँसी तो फंसी, दावत ए इष्क र किल दिल’ कुनै पनि चलचित्रले सकारात्मक परिणाम दिन सकेन । सुरुवाती कालमै केही चलचित्र असफल भएकोमा चिन्तित रहेकी परिणतीले आगामी दिनमा राम्रो काम गर्ने प्रतिवद्धता जनाइन् । उनी मल्टिस्टार चलचित्रमा काम गर्न चाहन्छिन् । फिटनेशका लागि उनले केही समय ब्रेक लिदा उनका जुनियर अगाडि पुगीसकेका थिए ।

माधुरी दीक्षितः ‘आज नच ले, गुलाब ग्याङ र डेढ इश्किया’ जीवनको उत्तरार्धमा अभिनय गरेका यी कुनै पनि चलचित्रले माधुरीलाई उत्साहित बनाएन ।
पछिल्लो समय अनलाइन डान्स एकेडमीमा ब्यस्त माधुरीले केही नयाँ चलचित्रबाट प्रस्ताव आएको जानकारी दिइन् । श्रीदेवीले जस्तै उनले पनि गहकिलो कथाको खोजीरहेकी छिन् ।

बिपाशा बासुः ‘आत्मा, हमसकल्स, क्रिएचर थ्रीडी र अलोन’ विपाशा बासु अभिनित पछिल्ला चलचित्र हुन् । यी मध्ये कुनै पनि चलचित्रले सकारात्मक परिणाम दिन सकेन ।

त्यसकारण अब उनी नयाँ काममा केन्दि्रत हुने योजनामा छिन् । हरर चलचित्र आफ्नो पहिचान बनेकाले राम्रो विषय पाएमा अभिनय गर्ने योजनामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment