Comments Add Comment

तिव्वतको सहयोगमा पोखरा झलमल्ल

२४ वैशाख, पोखरा । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारको सहयोगमा पोखरा झलमल्ल भएको छ । तिव्वत सरकारको सहयोगमा पोखरा लेखनाथ महानगरपालिकालाई उर्जाबाट चल्ने एक हजार थान सौर्यवत्ति जडान गरिदिएपछि पोखरा रातको समयमा पनि झलमल्ल भएको हो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा पोखरा चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेको विशेष पहलमा चीन सरकारले पोखरा लेखनाथ महानगरलाई सौर्यवत्ति जडान गरिदिएको छ ।

तिव्वत सरकारले पोखराको प्रवेशद्वार विजयपुर पुलदेखि हल्लनचोकसम्मका विभिन्न क्षेत्रमा सौर्यवत्ति जडान गरिदिएको संघका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए ।

उनका अनुसार सौर्यवत्ति बुद्धचोकदेखि वनविज्ञान अध्ययन संस्थान रामबजारसम्म, पृथ्वीचोकदेखि चिप्लेढुंगा हुँदै पालिखेचोक, पृथ्बीचोकबाट पोखरा एयरपोर्ट हुदै मुस्ताङचोक, सहिदचोक, तथा विभिन्न मठ र मन्दिरहरुमा गरी पहिलो चरणमा एक हजार थान सोलार लाईट जडान गरिएको उनले बताए । सो सौर्यवत्ति जडान गर्न तिव्वत सरकारले हालसम्म करिब १५ करोड खर्चिएको पालिखेले बताए ।

पोखरा लेखनाथ महानगरपालिकासँग भगिनी सम्बन्ध रहेको तिब्बतको लिञ्जी शहरको अनुरोधमा तिब्बत सरकारले सौर्य बत्ती परियोजनामा सहयोग गरेको उनले जानकारी दिए ।

यसैबीच, तिव्वत सरकारले आइतबार एक कार्यक्रम गरी सोलारलाईट हस्तान्तरण गरेको छ । नेपाल स्थित चिनिया राजदुत यु हाङको उपस्थितिमा चीनको स्वशासित क्षेत्र तिब्बतको बैदेशिक मामिला विभागका निर्देशक मा क्विनसिनले पोखरा लेखनाथ महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत दिर्घनारायण पौडेललाई सोलारलाईट हस्तान्तरण गरेका हुन् । सो अवसरमा पौडेल र मा क्विनसिनले सम्झौता पत्रमा हस्ताक्षर समेत गरे ।

तिव्वतको किन क्याङ कम्पनीले सोलारलाईट जडान गरेको हो भने जडान पश्चात मर्मतसंभार गर्न पोखरा लेखनाथ महानगरपालीका र पोखरा उद्योग वाणिज्य संघबीच प्रचार सामग्री राख्ने गरी समहमती भएको पालिखेले बताए । उक्त सोलारसाईट ७ बर्षसम्म वारेन्टी तथा ग्यारेन्टी भएको उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै चीनको स्वशासित क्षेत्र तिब्बतको वैदेशिक मामिला विभागका निर्देशक मा क्विनसिनले तिव्वतबाट प्राप्त सहयोगले पोखरा जस्तो शहरलाई उज्ज्यालो पार्न पाएकोमा खुसि व्यक्त गरे । उनले आगामी दिनमा पनि पोखरालाई थप सहयोग गर्ने बचन दिए ।

नेपालका लागि चिनिया राजदुत यु हाङले पोखरा र लिञ्जी शहर बिचको सम्बनधले गर्दा दुई देशको सम्वन्ध प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले पोखराको पर्यटन प्रवर्द्धनमा सोलार लाईटले थप सहयोग गर्ने उल्लेख गरिन् । सो अवसरमा राजदुत हाङले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण प्रकृयामा भएका सबै समस्या समाधान भएकोले अब छिट्टै निमार्ण कार्य सुरु हुने बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment