Comments Add Comment

संघीय गठवन्धनको संयोजक आफैं भएको उपेन्द्रको दाबी

२४ वैशाख, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय गठवन्धनको आधिकारिक बैठक नै नबसेको बताएका छन् ।

प्रेस विज्ञप्ति जारी गर्दै यादवले आधिकारिक बैठक नै नबसको भन्दै गठबन्धनको संयोजक परिवर्तन नभएको स्पष्ट पारेका छन् ।

गठबन्धनको संयोजकका हैसियतले विज्ञप्ति जारी गरेका यादवले संयोजक, प्रवक्ता र बहुमत सदसस्यहरुलाई जानकारी नै नदिए बसेको बैठकको कुनै अर्थ नभएको बताएका छन् ।

आफूलाई गठवन्धनबाट हटाएर महन्त ठाकुरलाई संयोजक बनाउने निर्णय गठबन्धनको नभई केही व्यक्ति भएको भन्दै यादवले कुनै भ्रममा नपरी गठबन्धनलाई क्रियाशील बनाउन सदस्यहरुलाई आग्रह समेत गरेका छन् ।

केही दिन अघि गठबन्धनमा आवद्ध केही दलका नेताहरुले बैठक बसी संयोजक यादवलाई हटाएर ठाकुरलाई संयोजक बनाउने निर्णय गरेपछि उपेन्द्रको यो विज्ञप्ति आएको हो ।

यो पनि पढ्नुहोस् 

संघीय गठवन्धनद्वारा उपेन्द्र यादवमाथि कारबाही, अध्यक्षबाट हटाइयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment