२५ वैशाख, काठमाडौं । बाग्लुङमा सोमबार बिहान करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । बाग्लुङ नगरपालिका २ मा बिजुलीको करेन्ट लाग्दा दुजन घर्तीमगर र बमबहादुर घर्तीमगरको ज्यान गएको हो ।
नेपाल टेलिकम, बाग्लुङको भवन बनाउने काम गर्दै आइरहेका उनीहरुको हाइटेन्सन लाइन मुनिको रुखमा चिलको बच्चा समात्न चढ्दा करेन्ट लागेर ज्यान गएको डिएसपी अनिलकुमार खड्काले जानकारी दिए ।
मिसी गाउँपालिकाका उनीहरु दुई दिनअघि मात्रै नेपाल टेलिकमको भवन निर्माण कार्यका लागि आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4