Comments Add Comment

नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य माओवादीमा

२५ बैशाख, काठमाडौं । नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य तथा पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष जीतबहादुर गुरुङ माओवादी केन्द्रमा फर्किएका छन् ।

सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गुरुङले आफू माओवादी केन्द्रमै सक्रिय रहने जानकारी दिएको प्रचण्डको सचिवालयले जनाएको छ । नयाँ शक्तिले देशको वैकल्पिक धारको नेतृत्व गर्न नसक्ने भएकाले आफू माओवादी केन्द्रमै फर्किएको गुरुङले बताए ।

गुरुङ पोखरामा ‘मामा’ नामले चिनिन्छन् । युद्ध कालदेखि नै माओवादीको संगठन निर्माणमा क्रियाशील रहँदै आएका गुरुङ पछिल्लो समय नयाँ शक्तिमा क्रियाशील थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment