Comments Add Comment

धनगढी–अत्तरिया सडकको चक्काजाम प्रहरीले खुलायो

१० चैत, कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको सुधार गृहमा कार्यरत २९ वर्षीय जनक ढुंगाल कार्यालयमा नै मृत फेला परेको घटनाको छानविनको माग गर्दै धनगढी–अत्तरिया सडकखण्डमा गरिएको चक्काजाम प्रहरीको पहलपछि खुलेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का स्थानीयले बोराडाडीमा रहेको रिचमण्ड फेलोसिप (लागु पदार्थ पुनस्थापना केन्द्र) का स्टोरकिपर जनक ढुंगालको यही चैत ७ गते भएको मृत्यु शंकास्पद रहेको भन्दै छानविनको मागसहित स्थानीयबासीले विहानैदेखि चक्काजाम गरेका थिए । चक्का जामका कारण केहिबेर सवारी आवागमन बन्द भएको थियो ।

मृतकका दाजु आन सिंह ढुंगालले प्रहरीले घटनामा दोहोरो चरित्र देखाइरहेकाले सत्यतथ्य छानविनको मागसहित ६ लेन सडक बन्द गर्नु परेको बताए । उनले पोष्टमार्ट रिपोर्ट सार्वजनिक गर्नुपर्ने, सुधार गृहका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीलाई दोहोरो चरित्र नदेखाई सत्यतथ्य छानविन गर्न आग्रह गरे ।

कैलालीका प्रहरी प्रमुख आभूषण तिम्सिनाले सुधार गृहका सञ्चालक आफ्नो निगरानीमा रहेको भन्दै अनुसन्धान गरिरहेको बताए । उनले पोष्टमार्टम रिपोर्टपछि मात्रै अन्य कुरा थाहा हुने भन्दै बन्द रहेको सडक खुलाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment