+
+

मर्जरपछि मेगाको नाफामा आकर्षक वृद्धि, हिमालयनको १ अर्ब माथी

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २५ गते १३:१९


२५ बैशाख, काठमाडौं । चालु आवको तेस्रो त्रैमाशमा मेगा बैंकको नाफा ६८.७५ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाश (चैतसम्म) ३२ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने ५४ करोड रुपैयाँ कमाएको हो ।

बैंकको व्यवसाय आकारमा नै बढोत्तरी भएको छ । गत वर्ष ७२ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आवमा १ अर्ब १४ करोड ब्याज आम्दानी गर्न सकेको हो । ब्याज आम्दानीमा ५८ प्रतिशतको वृद्धि देखिएको छ ।

बैंकको कुल सञ्चालन अम्दानी ६८ प्रतिशतले बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । बैंकले करिब ३१ करोड रुपैयाँ आम्दानी फि, कमिसन, बैदेशीक मुद्राको विनिमय र अन्य आम्दानीबाट गरेको छ ।

बैंकले ४ करोड ३३ लाख रुपैयाँ राइट ब्याक गरेको छ । बैंकको कुल कर्जामा खराब कर्जाको दर ०.८७ प्रतिशत छ । गत आवमा यो दर १.२५ थियो । बैंकले १७ करोड १९ लाख रुपैयाँ सम्भावित जाखिम बापतको नोक्सानलाई समेत छुट्याएको छ ।

बैंकको पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेको सीमाभन्दा सहज अवस्थामा छ । यो अनुपात १४.११ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) ७० प्रतिशत छ । राष्ट्र बैंकको नीतिगत सहुलियतको कारण यो दर कम भएको देखिएको छ ।

बैंकको चुक्ता पुँजीमा ४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चिती तथा जगेडा कोषमा १ अर्ब २ करोड रुपैयाँ छ । बैंकको निक्षेप करिब ४६ प्रतिशतले बढेर ३८ अर्ब र कर्जा ६२ प्रतिशत बढेर ३४ अर्ब लगानी भएको छ । बैंकको कर्जा दिदा आधार मानिने बेस रेट पुसको ८.४९ प्रतिशतको तुलनामा बढेर ११.४२ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ११.८४ रुपैयाँ, मूल्य आम्दानी अनुपात २८ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २२ रुपैयाँ रहेको छ । बैंकको सेयरमा प्रतिफल घटेको छ । चालु आवको दोस्रो त्रैमाशमा १७.८१ प्रतिशत रहेको बैंकको सेयरमा प्रतिफल हाल भने १५.५९ छ ।

हिमालयन बैंक

हिमालयन बैंकको नाफा करिब १५ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाश (चैतसम्म) १ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने १ अर्ब ५१ करोड रुपैयाँ कमाएको हो ।

बैंकको व्यवसाय आकारमा बढोत्तरी भएको छ । गत वर्ष २ अर्ब ४४ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आवमा २ अर्ब ७६ करोड ब्याज आम्दानी गर्न सकेको हो । ब्याज आम्दानीमा करिब १३ प्रतिशतको वृद्धि देखिएको छ ।

बैंकको कुल सञ्चालन अम्दानी ७.७१ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । बैंकले करिब १ अर्ब रुपैयाँ आम्दानी फि, कमिसन, बैदेशीक मुद्राको विनिमय र अन्य आम्दानीबाट गरेको छ ।

बैंकको कुल कर्जामा खराब कर्जाको दरमा ०.९० प्रतिशत छ । बैंकले २ करोड ५७ लाख रुपैयाँ सम्भावित जाखिम बापतको नोक्सानलाई समेत छुट्याएको छ ।
बैंकको पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेको भन्दा सहज नै अवस्थामा छ । यो अनुपात ११.७४ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) ७९.९० प्रतिशत छ ।

बैंकको चुक्ता पुँजीमा ६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चिती तथा जगेडा कोषमा ४ अर्ब ५१ करोड रुपैयाँ छ । बैंकको निक्षेप करिब १५ प्रतिशतले बढेर ९२ अर्ब र कर्जा करिब २० प्रतिशत बढेर ७८ अर्ब लगानी भएको छ । बैंकको कर्जा दिदा आधार मानिने बेस रेट पुसको ६ प्रतिशतको तुलनामा बढेर ७.९३ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३१.५३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३२.२९ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ७१ रुपैयाँ रहेको छ । बैंकको सेयरमा प्रतिफल केही घटेको छ । गत आवमा २३.०९ रहेको बैंकको सेयरमा प्रतिफल केही घटेर २०.५२ प्रतिशतमा सिमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?