Comments Add Comment

संविधान संशोधन र न्यायालय विवादको समाधान चुनावपछिः कांग्रेस

कांग्रेस लक्षित तोडफोड र आगजनी भएको भन्दै भ्रत्सना

२५ बैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले न्यायापालिका र व्यवस्थापिका संसदबीचको विवादलाई पहिलो चरणको चुनाव लगत्तै समाधान गर्ने बताएका छन् । कांग्रेस नेतासमेत रहेका मन्त्री लेखकले चुनावपछि संविधान संशोधनको विवाद पनि मिल्ने बताए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार भेटघाटमा मन्त्री लेखकले संविधान संशोधनको विधेयकमा राजपा लगायत सरोकारवाला दल र सत्तारुढ दलमा कुनै मतभिन्नता नरहेको भन्दै थोरै प्राविधिक समस्या सल्टाउनुपर्ने बताए ।

उनले एमालेको सहयोग लिएर सर्वसहमतिमा संविधान संशोधन गर्न चाहेको र त्यसबारे छलफल भइरहेको बताएका हुन् । उनले भने, ‘अब संशोधनका लागि प्राविधिक काम बाँकी छ, त्यसका लागि एमालेले असहयोग गर्दैन भन्ने हाम्रो विश्वास छ ।’

उनले व्यवस्थापिका, न्यायालय र कार्यपालिकावीच देखिएको अधिकार क्षेत्रको दुविधा निर्वाचन पश्चात संविधान संवत रुपमा समाधान गर्ने बताएका छन् । चुनाव अघि अब यस विषयमा प्रवेश नगर्ने बताएका हुन् ।

कांग्रेस लक्षित तोडफोड र आगजनी भएको भन्दै भ्रत्सना

यसैबीच नेपाली कांग्रेसले चुनाव प्रचारप्रसारको क्रममा आफ्नो पार्टीलाई लक्षित गरी आक्रमण भएको भन्दै भ्रत्सना गरेको छ । कांग्रेसले यस्ता घटना तत्काल बन्द गरेर शान्तिपूर्ण प्रतिस्पर्धामा आउन पनि सम्वन्धित दललाई आग्रह गरेको छ ।

हिजो चितवनमा विप्लव नेतत्वको नेपाल कम्प्युनिष्ट पार्टीले कांग्रेसको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा तोडफोड र आगजनी गरेको थियो ।

कांग्रेसले त्यस्ता घटनाबाट विचलित नभइ निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई अपील समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment