+
+
Shares

पत्रपत्रिकाका फ्रन्टपेजः तीनै प्रदेश चुनावमय, मतगणना चुनाव सकिएलगत्तै

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २६ गते ६:२७

२६ वैशाख, काठमाडौं । वैशाख ३१ का लागि तय गरिएको पहिलो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा तीनै प्रदेश निर्वाचनमय बनेको छ । सबै दल र उम्मेदवारहरु आफ्नो जित सुनिश्चित बनाउन लागिपरेका छन् । आजका राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले निर्वाचनको विषयलाई नै विविध कोणबाट लेखेका छन् । मतगणना अन्योलता बढिरहेका बेला आयोगले निर्वाचन सकिएलगत्तै गणना गर्ने तयारी गरेको खबर पनि पत्रपत्रिकाहरुको प्राथमिकतामा परेको छ ।

ओबीओआरमा हस्ताक्षर गर्ने मत्रिपरिषद्को निर्णयलाई गोरखापत्र दैनिकले मुख्य खबर बनाएर छापेको छ । गच्छदार उपप्रधानमन्त्री बनेकोदेखि उपत्यकाको चार दिशामा नयाँ सहर बन्न लागेकोसम्मका खबर गोरखापत्र दैनिकमा छ ।

नयाँ पत्रिका दैनिकले १ जेठबाट मतगणना गर्ने तयारी निर्वाचन आयोगले गरेको जनाएको छ । गच्छदारका १२ औं सत्तारोहणदेखि वान बेल्ट वान रोडमा चीनसँग हुन लागेको हस्ताक्षरलाई नयाँ पत्रिकाले पहिलो स्थान दिएको छ ।

कान्तिपुर दैनिकले पहिलो चरणमा निर्वाचन हुने तीनै प्रदेश निर्वाचनमय बनेको लेखेको छ ।

राजधानी दैनिकले मतदाता शिक्षा कमजोर रहेको तथ्य उजागर गरेको छ भने नागरिक दैनिकमा स्थानीय तह निर्वाचनमा उम्मेदवार बनाउँदा देखिएका विकृतिको पाटो केलाइएको छ । अन्नपूर्ण पोस्ट दैनिकले विजय गच्छदार उपप्रधानमन्त्री बन्दा सत्तारोहणको दाउ कुरेर बसेका कमल थापा हिस्स परेको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?