+
+
Shares

सैफ र श्रीदेवीकी छोरीको फोटोसुट, को कति राम्री ?

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २६ गते १०:०४

सैफ अली खानकी छोरी सारा अली खान र श्रीदेवीकी जेठी छोरी जान्भी कपुर बलिउडमा डेब्यू गर्नका लागि तम्तयार छन् । निर्माता-निर्देशकहरुको ध्यान आफूतिर आकृष्ट गर्न उनीहरु सबै उपाय लगाइरहेका छन् ।

हालै यी र्दुइ सुन्दरीले फेसन डिजाइनर सब्यसाची मुखर्जीको ड्रेसमा परम्परागत फोटोसुट गरे । यस फोटोसुटमा सारा ब्लु र ह्वाइट तथा मल्टीकलरको लेहेंगामा देखिएकी छिन् । यसैगरी जान्भीले पिंक र ह्वाइट कलरको लहेंगा लगाएकी छिन् । दुवैजना आआफ्नो पोशाकमा खुबै खुलेका छन् । दुवैले आफ्नो फोटोसुटको तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरेका छन् ।

जान्भी र सारालाई निर्देशक करण जौहरले बलिउडमा डेब्यू गराउँदैछन् । जान्भीलाई करणले मराठी फिल्म सैराटको हिन्दी भर्सनमा कास्ट गराउन लागेका छन् भने सारालाई स्टुडेन्ट अफ द इयर २ मा खेलाउन लागेका छन् । यद्यपि यसको औपचारिक घोषणा गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?