Comments Add Comment

मौसमविद् भन्छन्- भोट हाल्ने दिन पानी पर्न सक्छ

वैशाखे झरीले चुनाव प्रचार प्रभावित

फाइल तस्वीर

२६ बैशाख, काठमाडौं । मौसमविदहरुले स्थानीय चुनावको मतदान गर्ने दिनसम्म पनि पानी पर्नसक्ने पूर्वानुमान गरेका छन् ।

हिजोदेखि नै परिरहेको पानीले कतिपय जिल्लामा चुनाव प्रचार प्रसारको काम प्रभावित भएको छ । चितवनमा पानीसँगै परेको चट्याङले माओवादीका एक उम्मेदवारको मृत्यु भएको छ ।

मौसमविद समिर श्रेष्ठका अनुसार पानी पार्ने मौसमी प्रणाली बैशाख ३१ गतेसम्म नै सक्रिय रहने भएकाले भोट हाल्ने दिन पनि पानी पर्नसक्ने सम्भावना छ ।

गएरातिदेखि काठमाडौं उपत्यकासहित देशैभर मौसम बदली भएको छ र पूर्वी तथा मध्य नेपालमा पानी परिरहेको छ । पूर्व र मध्यको तुलनामा पश्चिम नेपालमा कम पानी परेको छ ।

पश्चिम नेपालको नजिक रहेको न्युन चापिय क्षेत्र, नेपालको मध्येभागबाट भारतको ओडिसासम्म बिकसित भएको अर्को न्युन चापिय क्षेत्र र बंगालको खाडीबाट जलवाष्पयुक्त वायु पूर्वी क्षेत्रबाट नेपालमा छिरेको कारण अहिले पानी परिरहेको छ ।

श्रेष्ठले अनलाइनखबरसँग भने, ‘अझै दुई दिनसम्म पानी पर्छ । लगातार झरी नपरे पनि रातीपख केही कम हुने र बिहान साँझ पानी पर्ने क्रम रहन्छ ।’

उनले अघि भने, ‘पानी पार्ने सिस्टम सक्रिय रहेकाले भोट हाल्ने दिनसम्म पनि पानी पर्नसक्ने हामीले पूर्वानुमान गरेका छौं । पूर्व र मध्ये नेपालका जिल्लामा यसको मुख्य असर परे पनि पश्चिममा कम हुन्छ ।’

अहिले नेपालमा प्री-मनसुन सक्रिय छ । सामान्यता जुन १० तारिखबाट नेपालमा मनसुन सुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment