२६ वैशाख, बिराटनगर । के तपाईले तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ ? तपाई पूर्वी क्षेत्रमा यात्रा गर्दा यदी त्यसो गर्दै हुनुहुन्छ भने तपाईको अगाडि प्रहरीले राडर गन तेस्र्याउन सक्छ ।
ट्राफिक नियम विपरित सवारीसाधनको गति तीव्र पाइएमा सवारीसाधानका चालकले १५ सयसम्म जरीवना तिनुपर्ने हन्छ ।
तीब्र गतिमा सवारी चलाउनेलाई परैबाट राडर गन (गति मापन यन्त्र) हान्न थालेको छ । ट्राफिक प्रहरीले राजमार्ग क्षेत्रमा वसेर राडर गनको माध्यमले सवारी कुन गतिमा गुडेको छ भन्ने पत्ता लगाउन थालेको छ ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले तीब्र गतिमा सवारी चलाउनेलाई परैबाट राडर गन (गति मापन यन्त्र) हान्न थालेको छ ।
प्रहरीले पूर्व पश्चिम राजमार्ग क्षेत्रका बढी दुघर्टना हुने स्थलको पहिचान गरी त्यस्ता क्षेत्र राडर गनको माध्यमले सवारी कुन गतिमा गुडेको छ भनी पत्ता लगाउन थालेको जनाएको छ ।
ट्राफिक प्रहरीका उपरीक्षक सौरभ राणाले परैबाट गुडेको सवारी कुन गतिमा गुडेको छ पत्ता लगाउँदै र यदी कुनैपनि सवारीसाधान तीव्र गतिमा रहेको पाइएमा जरिवाना समेत लिने गरेको बताए ।
भटाभट कार्वाही
ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकलका लागि प्रतिघण्टा अधिकतम ५० देखि ६० किलोमिटरसम्म र चारचक्के सवारीले अधिकतम ८० किलोमिटरसम्म मात्र कुदाउन पाउने प्रावधान छ ।
पूर्वका जंगल क्षेत्रमा पर्ने राजमार्गमा सवारी साधानको गति सधै तीव्र हुने गरेको छ । तीव्र गतिमा रहेका सवारी साधान भटाभट कार्वाहीमा पर्ने गरेका छन ।
राडर गनको माध्यमले गति नाप्न क्रममा मोटरसाइकलले ८० देखि ९० किलोमिटर प्रतिघण्टासम्म र चार चक्केले एक सयदेखि एक सय २० किलोमिटरसम्मको गतिमा सवारी कुदाएको पाइएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरीले विभिन्न ठाउँमा गरी हालसम्म ८ सय ८८ सवारीलाई कारवाही गरिसकेको जनाएको छ ।
एउटै मात्र साडर गन हुँदा समस्या
पूर्वी नेपाल भरी एउटै मात्र राडर गन हुँदा सवारीको गति चेक जाँच प्रभावकारी हुन सकेको छैन ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय मतहतका पूर्वका कार्यालय प्राप्त एक थान राडर गनवाट सवैतिर चेक जाच गर्नु पर्ने अवस्था रहेको छ । सप्तरीदेखि झापासम्म एउटै राडर गन प्रयोग गर्नु पर्ने हालको अवस्था छ ।
सप्तरीदेखि झापासम्म पालैपालो गरेर राडर गनको प्रयोग गर्ने गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका इटहरीका ट्राफिक प्रहरी उपरीक्षक सौरभ राणले वताए ।
भयावह बन्दै सवारी दुर्घटना
पूर्वी नेपालमा सवारी दुघर्टनाको अवस्था भयावह देखिएको छ । ट्राफिक प्रहरीको तथ्याङक अनुसार सवारी दुघटनामा परी दैनिक एक जनाको मृत्यु हुने गरेको छ ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याङक अनुसार पूर्वी नेपालमा आर्थिक वर्ष ०७३/०७४ को वैशाखदेखि चैत मसान्तसम्म ३ सय ७८ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
पूर्वी नेपालमा एक वर्षको अवधिमा भएका १ हजार ६ सय १४ वटा सवारी दुघटनामा परी उनीहरुको ज्यान गरेको हो ।
त्यसैगरी सवारी दुघटनामा परी २७ सय ९४ जना घाइते भएका छन । जसमा मोरङ जिल्लामा ३ सय ३८ वटा सवारी दुघर्टनामा परी सवै भन्दा वढी ८२ जनाको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
एक वर्षको अवधिमा पुर्वी नेपालमा सवै भन्दा वढी ६ सय ३८ वटा चालकको लापार्वाहीवाट सवारी दुघर्टनामा भएको देखिएको छ । जसमा १ हजार ७८ वटा मोटर साइकलको सलग्नता देखिएको छ ।
प्रतिक्रिया 4