२७ वैशाख, झापा । पूर्व-पश्चिम राजमार्गअन्तरगत झापाको मेचीनगरपालिका-१३ मा बुधबार यात्रुबहाक बस दुर्घटना हुँदा एक जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भारतको गुवाटी निवासी ४५ वर्षीय गंगा पञ्जियार रहेका छन् । घाइते हुनेहरुमा रञ्जु बस्नेत, मधुदेवी शर्मा र सोही नगरपालिकाको वडा नं. १ मा बस्ने सागर भट्टराई छन् ।
घाइते तीनै जनाको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ ।
जनकपुरबाट काँकडभिट्टाका लागि छुटेको ना ५ ख १८३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडक छेउको आँपको रुखमा ठोक्किँदा दुर्घटना भएको झापाका ट्राफिक प्रहरी प्रमुख ढुण्डिराज गिरीले बताए ।
बस चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4