Comments Add Comment

झापामा साकेलाको उल्लास (फोटो फिचर)

२८ वैशाख, झापा । पूर्वी तराईमा बसोबास गर्ने किँरात समुदायले मनाउने पर्व साकेला बुधबारदेखि सुरु भएको छ । यो समुदायले अन्नबाली राम्रो होस् भन्ने कामना गर्दै प्रकृति पुजनसहित यो पर्व मनाउने गरेको छ ।

वैशाख शुक्ल पूणिर्माको दिनदेखि सुरु हुने यो पर्व एक महिनासम्म जारी रहन्छ । यो पर्वको अवसरमा किँरात राई यायोक्खा, बिर्तामोड नगर समितिले झापामा नाँचगानसहित र्‍याली निकाल्यो ।

बिर्तामोडको भद्रपुर रोडबाट सुरु भएको र्‍याली खानेपानी ट्याङ्की पूर्व रहेको साकेलाथानसम्म पुगेर टुंगियो । त्यहाँ विधिपूर्वक पूजाअर्चना गरी यो पर्वलाई स्वागत गरिएको समितिका कोषाध्यक्ष चित्रप्रकाश राईले बताए ।

राईका अनुसार बिर्तामोड नगर क्षेत्रमा दुई सय परिवार किरात समुदायका छन् ।

पूख्यौलीदेखि मनाइँदै आएको पर्वलाई संरक्षण गर्ने उद्देश्यले आफूहरुले वर्षेनि भव्य कार्यक्रम गर्दै आएको सह-सचिव नगेन राई बताउँछन् ।

तस्वीरहरुः गौरव पोखरेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment