+
+
Shares

चितवनमा कांग्रेस-माओवादी र एमालेको चुनावी सभा तस्वीरमा हेर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २८ गते १५:५१

२८ बैशाख, भरतपुर । कांग्रेस-माओवादी गठबन्धन र एमालेले बिहीबार चितवनमा चुनावी सभा आयोजना गरेका छन् । कांग्रेस-माओवादीले संयुक्त रुपमा केन्द्रीय बस टर्मिनलमा र एमालेले एक्लै नारायणगढको पोखरा बसपार्कमा चुनावी सभा आयोजना गरेका छन् ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार बिहान चितवन आएका छन् ।

(यो पनि पढ्नुहोस्– दुईवटा जहाज चढेर प्रचण्ड, देउवा र ओली चितवन ओर्लिए)

चितवनको भरतपुर महानगरपालिकाको मेयर पदको निर्वाचनलाई तीनवटै दलले प्रतिष्ठाको विषय बनाएका छन् । कांग्रेस र माओवादी गठबन्धनबाट मेयर पदको उम्मेदवार प्रचण्डपुत्री रेणु दाहाल छिन् भने उपेयरमा कांग्रेसकी पार्वती शाह उम्मेदवार छिन् ।

यसैगरी एमालेले मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्या आचार्यलाई उम्मेदवार बनाएको छ ।

कांग्रेस-माओवादीको चुनावी सभामा सहभागीहरु
एमालेको चुनावी सभामा सहभागीहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?