Comments Add Comment

भक्तपुरका चारै नगरमा चुनावी सरगर्मी

२८ बैशाख, भक्तपुर । भक्तपुरका चारवटै नगरपालिकामा स्थानीय तहको चुनावी सरगर्मी बढेको छ । आज मध्यरातिबाट मौन अवधि सुरु हुने भएकाले भक्तपुर, मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा राजनीतिक दलका नेताहरु अन्तिम प्रचारमा व्यस्त छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टीलगायतका दल चुनावी प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धी दलका नेताहरुले आ-आफ्नो जित सुनिश्चित भएको दाबी समेत गरेका छन् ।

भक्तपुर नगरपालिकामा नेमकिपाका नगर प्रमुखका उम्मेदवार सुनिल प्रजापतिले भक्तपुरको पर्यटकीय, धार्मिक लगायतको समग्र विकासमा लागिपर्ने बताए । उनले चुनावको परिणाम आफ्नो पक्षमा आउने दाबी गरे ।
सूर्यविनायक नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विष्णुराज कार्कीले यो नगरपालिकामा कांग्रेसको जित सुनिश्चित भएको बताए ।

नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार बासुदेव थापाले आम नगरबासी एमालेको पक्षमा भएको दाबी गरे ।

यस्तै चाँगुनारायणमा एमालेका उम्मेदवार सोम मिश्रले चाँगुनारायणलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने योजना रहेको बताउँदै आफु युवा माझ लोकपि्रय भएकाले अहिलेको निर्वाचन जित्ने दाबी गरे ।

यस्तै नेपाली कांग्रेसका राजाराम खड्काले प्रत्येक वडालाई एउटै सडक सञ्जालमा जोड्ने, बीर अस्पतालको स्थानान्तरण गर्ने लगायतका कुरा अफूले उठाएको र निर्वाचित भएपछि बाचा पूरा गर्ने बताए ।

यस्तै मध्यपुर थिमीमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नगर प्रमुखका उम्मेदवारले मध्यपुरको समृद्धिका लागि योजना बनाएको र यस नगरलाई नमूना नगरका रुपमा विकास गर्ने बताएका छन् ।

मध्यपुर थिमीमा कांग्रेसका अष्ट कवे, एमालेका मदनसुन्दर श्रेष्ठ, माओवादी केन्द्रका प्रतिभा श्रेष्ठ, राप्रपाका राधा अधिकारी, नयाँशक्ति र फोरमका संयुक्त उम्मेदवार ज्ञानराम श्रेष्ठलगायत १४ जना उम्मेदवार मेयर पदको प्रतिस्पर्धामा उत्रिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment