Comments Add Comment

कुख्यात अपराधी बब्लु दुबेको अदालत परिसरमै हत्या


२८ बैशाख, काठमाडौं । कुख्यात अपराधी बब्लु दुबेको अदालतमा पेश गर्ने क्रममा गोली हानेर हत्या भएको छ ।

भारतको बक्सार कारागारमा सजाय काटिरहेका बल्लु भनिने मितिलेश दुबेलाई बिहीबार बेतिया सिभिल कोर्टमा पेश गर्न लागिएको थियो । प्रहरी घेराका बीच लगिएका उनीमाथि अदालत परिसरमै गोली प्रहार भएको छ ।

तीन जनाको संख्यामा रहेको अज्ञात समूहले उनीमाथि गोली हानेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको घटनास्थलमै मृत्यु भएको छ ।

मोस्ट वान्टेड सूचीमा रहेका बब्लुलाई २०१३ मा नेपाल प्रहरीले पक्राउ परेको थियो । काठमाडौंबाटै पक्राउ परेका उनलाई एक सातापछि बिहार प्रहरीलाई बुझाइएको थियो ।

३१ वर्षका बब्लुले बिहारको जेलबाटै विहारका साथै सीमा क्षेत्रमा आपराधिक धन्दा चलाउँदै आएका थिए । उनीविरुद्ध नेपालमा पनि अभियोग छ ।

गत वर्ष उद्योगी सुरेश केडियाको अपहरण समेत बब्लु समूहले नै गरेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment