+
+
Shares

आमिरसँग फेरि पनि कट्रिना

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २९ गते १४:५७


चलचित्र ‘धुम ३’मा एकसाथ काम गरेका नायक आमिर खान र नायिका कट्रिना कैफको जोडीलाई दर्शकले फेरि पर्दामा हेर्न पाउने भएका छन् । लामो समयको अन्यौलताका विच नायक खानले आफ्नो नयाँ चलचित्र ‘ठग अफ हिन्दुस्तान’का लागि कैफले मुख्य नायिका फाइनल गरेका हुन् ।

यशराज ब्यानरको निर्माणमा बन्ने यो चलचित्रमा अमिताभ बच्चन, आमिर खान, फतिमा सानको मुख्य भूमिका रहने पक्का भैसकेको छ ।
लिड हिरोइनका लागि भने लामो समयदेखि खोजी गरिएको थियो । दीपिका पादुकोणदेखि आलिया भट्टसम्मको नाम अगाडि आएको थियो ।

तर, अब यसको निर्माणपक्षले ‘धुम ३’ जोडीलाई यो सपनाको प्रोजेक्टमा फाइनल गरेको हो । यो चलचित्रको छायांकन अब चाडै नै सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?