Comments Add Comment

साम्राज्ञीसँग नयाँ हिरो, घोषणा भयो ‘इन्टु मिन्टु लण्डनमा’


नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र एक नव-नायकलाई लिएर चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ घोषणा भएको छ । लण्डनमा छायांकन हुने चलचित्रमा साम्राज्ञीसँग नव-नायक धिरज मगरले रोमान्स गर्नेछन् । चलचित्रको छायांकन जुन १६ बाट सुरु गरेर अगष्ट ७ मा सक्ने योजना यसको निर्माणपक्षको छ ।

आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको घुम्टो उघारियो । चलचित्रमा मिरा अर्थात मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात इन्टुको भूमिकामा धिरज मगर देखिनेछन् । साथमा विवेक लिम्बु, सरुक ताम्राकार, सुनिसा बजगाँइको चलचित्रमा मुख्य भूमिका रहनेछ ।

यो चलचित्रलाई एक दशकदेखि नेपाली चलचित्रको कोरियोग्राफी गर्दै सफलता प्राप्त गरेकी रेनेशा वान्तवा राइले गर्नेछिन् । कार्यक्रममा बोल्दै रेनेशाले यो चलचित्र मार्फत नेपाली चलचित्रमा परिवर्तन ल्याउने आफूहरुको अठोट भएको बताइन् ।

यता, नायिका साम्राज्ञीले चलचित्रको याद दर्शकलाई लामो समयसम्म हुने बताइन् । यस्तै, नव-नायक धिरज मगरले आफ्नो पहिलो चलचित्र भएको भन्दै कथा पढेपछि मन परेर काम गर्न लागेको सुनाए ।

नेपालबाट लण्डन पुगेको एक यूवा र लण्डनमै रहँदै आएकी एक राजदुतकी छोरीको कहानीमा यो चलचित्र घुम्नेछ । काठमाण्डौमा केही दिन छायांकन गरेपछि चलचित्रलाई लण्डनमा खिचिनेछ ।

आइकोर फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा प्रभु शमशेर जवरा, प्रज्ज्वल शमशेर जबराको लगानी रहनेछ ।  चलचित्रमा सुलेखा राई, बसन्त तामाङ र सुस्मिता जिरेल सह-निर्माताको रुपमा छन् ।

चलचित्रमा रेनशा र प्रज्वलको कथा, अभिमन्यू दिक्षितको लेखन, आभाष कर्मचार्यको संवाद, शैलेन्द्रध्वज कार्कीको छायांकन, यूवी थापाको कस्ट्यूम डिजाइन, विक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी, सुजिल कर्मचार्य, हर्कुलेस बस्नेत र स्वप्न सुमनको संगीत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment