Comments Add Comment

व्वाईफ्रेण्डसँग ईंगेजमेन्टको तयारीमा सोनम कपुर

के बलिउड अभिनेत्री सोनम कपुर चाँडै बिहेको तयारीमा छिन् ? छाँटकाँट त्यस्तै देखिन्छ ।केही महिनायता उनलाई बारम्बार आनन्द आहुजासँग देखिएको छ । उनीहरुबीच गहिरो प्रेम रहेको जो कसैले अड्कल काट्न सक्छ । यद्यपि उनीहरु दुवैले मिडियासँग यो कुरा स्वीकारेका छैनन् ।

पछिल्लो खबर के छ भने सोनम र आनन्द चाँडै नै ईंगेजमेन्ट गर्दैछन् । आनन्द एउटा चर्चित मोडलका साथै स्थापित व्यापारी हुन् । उनलाई सोनमसँग कैयन पटक विभिन्न कार्यक्रमहरुमा देखिएको छ ।

यहाँसम्म कि हालै मात्र सोनम नीरजा फिल्मका लागि राष्ट्रपति प्रणव मुखर्जीबाट अवार्ड थाप्न जाँदा उनलाई आनन्दले पुर्‍याउन गएका थिए । सो समारोहमा सोनमका बाबु अनील कपुर र आमा सुनीता कपुर पनि उपस्थित थिए ।

आजकाल आनन्द आफ्ने बढि समय कपुर पविारसँगै बिताउँछन् । कपुर परिवारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा उनी छुट्दैनन् ।

सोनमले नीरजाबाट राष्ट्रिय पुरस्कार पाउने घोषणा भएपछि आनन्दले आफ्नो इन्स्टाग्राम पेजमा नीरजा फिल्मको फोटो रोरर अनिल कपुर सोनमकी बहिनी रिया र भाई हर्षवर्द्धनलाई ट्याग गरेका थिए ।

यसैबीच सोनम र आनन्दले ब्रान्द्रामा एउटा घर खोजिरहेको समाचार आइरहेको छ । उनीहरु आपसमा मिलेर घर किन्ने योजनामा छन् । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment