+
+
Shares

ह्वाट्सएपबाट दैनिक साढे ५ करोड भिडियो कल

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ३० गते ११:३७

मोबाइल मेसेजिङ एप ह्वाट्सएपमा हरेक दिन झण्डै साढे ५ करोड पटक भिडियो कलिङ हुने गरेको छ ।

गत वर्ष नोभेम्बरबाट आफ्ना १ अर्ब २० करोड प्रयोगकर्ताका लागि भिडियो कलिङ सुविधा पेश गरेको ह्वाट्सएपमा प्रयोगकर्ताको लगाव बढ्दै गएको पाइएको छ । ह्वाट्सएपले भिडियो कलिङको यो सुविधा एन्ड्रोइड, आइफोन तथा विन्डोज डिभाइसमा पूरै विश्वभर उपलब्ध गराएको छ ।

मोबाइल मेसेजिङ एपको दौडमा ह्वाट्सएप निकै ठूलो खेलाडी बनिसकेको छ । कम्पनीको आँकडा अनुसार ह्वाट्सएपको भिडियो कलिङ लञ्च गरेको करीब ६ महिनामै भिडियो कलिङ निकै लोकप्रिय भैरहेको छ ।

अहिले ह्वाट्सएपबाट दैनिक ३४ करोड मिनेट भिडियो कलिङ हुने गर्दछ ।

भारत सबैभन्दा अगाडि

विश्वको दोश्रो ठूलो जनसंख्या भएको देश भारत ह्वाट्सएपबाट सबैभन्दा धेरै भिडियो कलिङ गर्ने देश हो । हरेक दिन भारतीय ह्वाट्सएप प्रयोगकर्ताले ५ करोड मिनेट भिडियो कलिङ गरिरहेका छन् ।

भारतमा सन् २०१७ को फेब्रुअरी सम्ममा २० करोड मानिस ह्वाट्सएप प्रयोगकर्ता रहेका छन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?