+
+

कालिकोटमा विप्लव समूहसँग प्रहरीको झडप, गोली लागेर २ जना घाइते

मालकोट केन्द्रको मतपेटिका जलाइयो, मतदान स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ३१ गते २३:२५


३१ बैशाख, कालिकोट । कालिकोटको नरहरीनाथ गाउँपालिकाको मालकोटमा प्रहरी र विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताहरुसँग झडप भएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी गिरिराज सुवेदीले विप्लव समूहले आक्रमण गरेपछि प्रतिरक्षाका लागि गोली चलाउनु परेको र गोली लागेर दुई जना सामान्य घाइते भएको अनलाइनखबरलाई जानकारी दिए ।

प्रजिअ सुवेदीका अनुसार मालकोट मतदान केन्द्रको मतपेटिकाहरु सिलबन्दी गर्नेक्रममा विप्लव समूहका कार्यकर्ताहरुले ढुंगामुढा गर्दै आक्रमण गरेका थिए । उनीहरुले कर्मचारीहरुबाट मतपेटिका खोसेर जलाइदिएका छन् । प्रजिअ सुवेदीले अनलाइनखबरसँग भने, ‘मतपेटिका खोसेर जलाइदिएपछि सबै क्षति भयो । मतपेटिकामा कति मत थियो भनेर एकिन जानकारी छैन ।’

उनका अनुसार जिल्लाकै अन्य क्षेत्रमा निर्वाचन सुरक्षाका लागि खटिएका थप सुरक्षाकर्मीलाई मालकोट वरपरका क्षेत्रमा परिचालन गरिएको छ । तर, उनीहरुसँग सन्चार सम्पर्क हुन नसकेकाले पूर्णविवरण संकलनमा कठिनाई भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?