Comments Add Comment

कास्कीमा झण्डै ७५ प्रतिशत मत खस्यो, मतगणना भोलि

३१ बैशाख, पोखरा । स्थानीय तह निर्वाचनमा कास्कीमा करीब ७५ प्रतिशत मत खसेको छ । कास्कीका सबै स्थानीय तहको मतगणना भने सोमबार बिहानबाट मात्रै हुने भएको छ ।

निर्धारित समय विहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म ७४.६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

कास्कीमा २ लाख २४ हजार ८ सय ११ मतदाता रहेकोमा १ लाख ७० हजार ८ सय २३ जनाले मतदान गरेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए । उनका अनुसार पोखरा लेखनाथ महानगरपालिकामा ७४.०४ प्रतिशत मत खसेको छ । पोखरा लेखनाथ महानगरपालिकामा १ लाख ६८ हजार ६७ मतदाता रहेकोमा १ लाख २४ हजार ४ सय ४८ मत खसेको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा १५ हजार ५ सय ६९ हजार मतदाता रहेकोमा ११ हजार ४ सय ६३, माछापुच्छे« गाउँपालिकामा १६ हजार ३ सय २ मत रहेकोमा १२ हजार ३ सय ८६ मत खसेको छ ।

यसैगरी मादी गाउँपालिकामा १३ हजार ५ सय ५९ मतदाता रहेकोमा ९ हजार ५ सय मत र रुपा गाउँपालिकामा ११ हजार ३ सय १५ मत रहेकोमा ९ हजार ३ सय ४८ मत खसेको छ ।

यसैबीच कास्कीमा छिटपुट विवादबाहेक शान्तिपूर्ण रुपमा मतदान भएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले बताए ।

कास्कीमा १ सय ५० मतदान स्थल र २ सय ८८ मदतान केन्द्र रहेका छन् । त्यस्तै, पोखरा लेखनाथ महानगरपालिकामा १ लाख ६८ हजार ६७ जना मतदाता छन् भने ९८ वटा मतदान स्थल र २ सय १० मतदान केन्द्र छन् । अन्नपूर्ण गाउँपालिकामा १५ स्थलमा २१ मतदान केन्द्र, माछापुच्छे«मा १२ स्थलमा २१ केन्द्र, मादीमा १७ स्थलमा २१ केन्द्र र रुपामा ८ स्थलमा १५ मतदान केन्द्र कायम गरिएको छ ।

मतदान केन्द्रहरुबाट मतपेटिका मतगणना स्थलमा ल्याएर राख्ने क्रम जारी रहेको र सोमबार विहान ८ बजेबाट मतगणना गरिने क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुबेदीले जानकारी दिए । मतगणनाअघि विहान ७ बजे सर्वदलीय÷सर्वपक्षीय बैठक बसेर मतगणना आचारसंहिता बनाएपछि मतगणना शुरु गरिने उनले बताए । पोखरा महानगरपालिकाको मतगणना नगर प्रशिक्षण केन्द्र नदीपुरमा र अन्य गाउँपालिकाहरुको मतगणना सम्बन्धित गाउँपालिकाको केन्द्रहरुमा नै गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment