+
+
Shares

सौर्य एयरलाइन्सको नयाँ बिमानले थाल्यो उडान

अन्तर्राष्ट्रिय उडान थाल्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २ गते १७:२७

२ जेठ काठमाडौं । सौर्य एयरलाइन्सको नयाँ बिमानले उडान थालेको छ । दुई महिनाअघि भित्रिएको बम्बार्डीएयर सिआरजे–२०० ले सोमबारदेखि उडान थालको हो ।

नयाँ जहाजले उडान गरेसँगै नेपालगञ्ज र बिराटनगरमा यसको उडान संख्या थप भएको छ । साथै धनगढीमा पनि यसले अब छ्टिै उडान थाल्ने तयारी गरिरहेको मार्केटिङ प्रमुख मुकेश खनालले जानकारी दिए ।

कम्पनीले असार मसान्तसम्ममा नयाँ उडान पनि ल्याउने तयारी गरिरहेको छ । नयाँ बिमान ल्याएसंगै यसले अन्तर्राष्ट्रिय उडान समेत थाल्ने कम्पनीका अध्यक्ष दिपक पोखरेलले जानकारी दिए ।

उनले भने ‘तेस्रो जहाज असार मसान्तसम्ममा ल्याइपुर्याउँछौ, त्यो बिमान ल्याएसँगै क्रसबोर्डर उडान थाल्ने सोचमा छौं, जसका लागि नागरिक उड्डयन प्राधिकरणमा निवदेन समेत दिएका छौ । ’ पहिलो जहाज भने यसले ३ वर्ष अघि नै भित्राएको थियो ।

अहिले सौय एयरलाइन्सले नेपालगञ्ज , भद्रपुर , भैरहवा , बिराटनगरमा उडान भरिरहेको छ । बिमान कम्पनीहरुले बिमान बढाउँदै लगेका छन् । तर अन्तर्राष्ट्रिय बिमानस्थलको भने क्षमतामा बृद्धि हुन सकेको छैन । जसका कारण जहाज होल्डीङ हुने समस्या झनै बढेर गएको छ ।

जहाज होल्डिङ हुँदा बिमान कम्पनीहरुको खर्च पनि बढ्दै गएको छ । सौर्य एयरलाइन्सका मार्केटिङ प्रमुख खनालले भने ‘२० मिनेट मात्रै पनि हामी जहाजमा होल्ड हुन पुग्यौ भने त्यो उडान हाम्रो घाटामा जान्छ , जसका कारण यो होल्डीङको समस्या तत्काल हटाउन जरुरी छ ।’

निजी बिमान कम्पनीहरु अहिले आन्तरिक उडान गर्ने विमान संख्या थप्न लागिपरेका छन् । केहीले नयाँ विमान ल्याइसके भने केही ल्याउने सोचमा छन् ।

नयाँ विमान कम्पनीको रुपमा श्री एयरलाइन्सले पनि आफ्नो सेवा थाल्न लागेको छ । हालैमात्रै यसले एउटा विमान ल्याइसकेको छ भने अर्को छिट्टै ल्याउन लागेको छ । तीनवटा विमान ल्याएसँगै यसले उडान भर्ने योजना बनाइरहेको छ ।

समिट(गोमा) एयरलाइन्सले हालै मात्रै दुईवटा जहाज थपेको छ । यससँगै समिटका ६ वटा विमान भएका छन् । यसको उडान दुर्गम क्षेत्रमा केन्द्रित रहेको छ ।

बुद्ध एयरलाइन्सले केहि समयअघि एउटा जहाज थपेको थियो, जसले उडानसमेत सुरु गरिसकेको छ । बुद्धले अझै एउटा विमान थप्न लागेको छ ।

अक्टोबरमा फेरि नयाँ विमान ल्याउने कम्पनीको तयारी छ । त्यस्तै यति एयरलाइन्सले पनि आउँदो मे महिनाको मध्यतिर नयाँ जहाज ल्याउन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?