Comments Add Comment

कास्कीको रुपा गाउँपालिकामा एमालेले ३ तथा कांग्रेसले १ वडामा प्यानलै जित्यो

२ जेठ, पोखरा । कास्कीको रुपा गाउँपालिकामा नेकपा एमालेले ३ वटा वडामा प्यानल जितेको छ भने नेपाली कांग्रेसले एउटा वडामा प्यानल र एउटामा वडाध्यक्ष जितेको छ ।

रुपा गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा दीपककुमार आलेसहित कांग्रेसले प्यानल जितेको हो । विजयी आलेले ५ सय ९१ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी एमालेका सोमबहादुर सुनारी रानाले ३ सय ८ मत प्राप्त गरे ।

महिला सदस्यमा कांग्रेसका सरस्वती श्रेष्ठ, दलित महिला सदस्यमा अरुणा विक तथा खुला सदस्यमा गणेशकुमार श्रेष्ठ र रामबहादुर गोदार विजयी भए ।

वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका हरिकृष्ण ओझा विजयी भए भने अन्य सबै सदस्य एमालेका विजयी भए । विजयी ओझाले ३ सय ४१ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी एमालेका श्रीकृष्ण सुवेदीले ३ सय २२ मत प्राप्त गरे ।

महिला सदस्यमा एमालेकी अनिता राना, दलित महिला सदस्यमा एमालेकै हिताकुमारी रुपाखेती सार्की तथा खुला सदस्यमा एमालेका नन्दलाल ओझा र बद्रीनाथ ओझाले जित हात पारे ।

वडा नम्बर ३ को वडाध्यक्षमा रामजी अधिकारीसहित एमालेको प्यानल नै विजयी भएको छ । विजयी अधिकारीले ३ सय २९ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णबहादुर केसीले २ सय ८६ मत प्राप्त गरे । महिला सदस्यमा एमालेका मञ्जु केसी र दलित महिला सदस्यमा सनिसरा विक तथा खुला सदस्यमा एमालेकै भगवती साही र रुपबहादुर माल थापा विजयी भए ।

वडा नम्बर ४ को वडाध्यक्षमा मुकुन्दबहादुर वंशीसहित एमालेको प्यानल विजयी भएको छ । विजयी वंशीले ५ सय १३ र निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्रबहादुर सेन ठकुरीले ३ सय ७ मत प्राप्त गरे ।

महिला सदस्यमा एमालेका विजयाकुमारी राना, दलित महिला सदस्यमा माया विक तथा खुला सदस्यमा मधुमाया शाही र रविन्द्र ठकुरीले जित हात पारे ।

वडा नम्बर ५ को वडाध्यक्षमा टेकबहादुर गुरुङसहित एमालेको प्यानल विजयी भएको छ । विजयी गुरुङले ५ सय ५९ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धनराज गुरुङले ४ सय ७७ मत प्राप्त गरे ।

महिला सदस्यमा एमालेका राधा बसौला, दलित महिला सदस्यमा मेलिना नेपाली तथा खुला सदस्यमा दामोदर घिमिरे र राजन खनाल विजयी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment