+
+

सप्तरी घटनाका मृतकहरुलाई शहीद घोषणा, प्रतिपरिवार १० लाख वितरण

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३ गते १६:०६

३ जेठ, राजविराज । सप्तरीको मलेठमा प्रहरीको गोली लागेर मृत्यु भएका पाँच जनालाई सरकारले शहीद घोषणा गरेको छ ।

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले बुधबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा मलेठ घटनामा मृत्यु भएका पाँचै जनालाई शहीद घोषणा गरिएको जानकारी दिएका हुन् ।

गत फागुन २३ गते नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीको मलेठमा आयोजित कार्यक्रम स्थल नजिकै झडप हुँदा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा सप्तरी मलेठका सञ्जन मेहता, पीताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादव थिए ।

गृहमन्त्री निधिले शहीदका परिवारलाई प्रतिपरिवार रु. १० लाखका दरले राहत रकम वितरण गरेका छन् । सो क्रममा मन्त्री निधिले मलेठ घटनाको छानबिन गर्न पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश अली अकबर मिकरानीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय आयोग गठन गरिएको जानकारी समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?