Comments Add Comment

गोरखाको गण्डकी र सिरानचोक गाउँपालिकामा कांग्रेस विजयी

३ जेठ, गोरखा । गोरखाको गण्डकी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका होमबहादुर राना विजयी भएका छन् ।

रानाले ४ हजार १ सय ३८ मत ल्याउँदै गाउँपालिका प्रमुखको पद सुरक्षित गरेका हुन् ।  उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीपक तिमिल्सिनाले ३ हजार ८ सय ६४ मत ल्याएका छन् ।

उपप्रमुखमा पनि कांगेसकै ललिता अधिकारीले जित हासिल गरेकी छिन् । ४ हजार ९७ मत ल्याएर प्रतिद्वन्द्वी उम्मेदवारलाई २ सय २४ मतले पछि पार्दै अधिकारी विजयी भएकी हुन् ।

त्यस्तै, सिरानचोक गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका नवराज पुडासैनीलाई पराजित गर्दै नेपाली कांग्रेसका राजु गुरुङ विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment