+
+
Shares

केपी ओलीको वडामा कांग्रेसको जित !

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३ गते २१:५२

३ जेठ, भक्तपुर  । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

ओलीको निवास रहेकै कारण एमालेको मजबुत वडाका रुपमा हेरिएको सो वडामा कांग्रेसले जितेपछि एमालेको संगठन बालकोट क्षेत्रमा कमजोर भएको देखिएको छ ।

उक्त वडामा कांग्रेसका कमलराज आचार्यको पक्षमा मतपरिणाम परेको छ । यसैगरी सो वडामा महिला सदस्यमा कान्छीमाया श्रेष्ठ, दलित सदस्यमा मुना परियार, खुला सदस्यमा सुवासकुमार कार्की विजयी भएका छन्  ।

सो वडामा एमालेका तर्फबाट खुला सदस्यमा विश्वराज विष्ट विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?