+
+
Shares

कालिकोटको रास्कोट नगरपालिकामा माओवादी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ४ गते १:५२
काशीचन्द्र बराल

४ जेठ, कालिकोट । कालिकोटको रास्कोट नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा माओवादी केन्द्र विजयी भएको छ । रास्कोट नगरपालिका अन्तर्गतका ९ वडाहरुमा भने मिश्रित नतिजा आएको छ ।

नगरपालिकाको प्रमुख पदमा माओवादीका काशीचन्द्र बराल २ हजार ११५ मतसहित विजयी भएको निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए ।

काशीचन्द्र निकटतम प्रतिद्वन्द्वी एमालेका मणिराज बरालले १ हजार ८२० मत पाएका छन् ।

यसैगरी उपप्रमुख पदमा माओवादी केन्द्रकै मिमसरा बम शाही विजयी भएकी छन् । शाहीले २ हजार २३५ मत पाएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी उमा शाहीले १ हजार ८७२ मत पाएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

रास्कोट नगरपालिकाका ९ वटा वडाहरुमा भने मिश्रित नतिजा आएको छ । वडा नम्बर १ मा माओवादी केन्द्रले अध्यक्षसहित चार जना सदस्य जितेको छ ।

वडा नम्बर २ मा एमालेको प्यानल विजयी भएको छ । वडानम्बर ३ मा माओवादी केन्द्रको प्यानल निर्वाचित भएको छ । वडा नम्बर ४ मा माओवादीको अध्यक्ष र एमालेका सदस्य विजयी भएका छन् ।

वडानम्बर ५ मा एमालेको प्यान विजयी भएको छ । वडानम्बर ६ र ७ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

वडा नम्बर ८ मा एमालेको अध्यक्ष र १ सदस्य तथा माओवादीका ३ सदस्य निर्वाचित भएका छन् ।

वडा नम्बर ९ मा एमालेको अध्यक्ष र माओवादीका सबै सदस्य निर्वाचित भएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?