Comments Add Comment

कालिकोटका पाँच स्थानीय तहमा माओवादी विजयी

४ जेठ, काठमाडौं । कालिकोटका ७ स्थानीय तहमध्ये पाँचवटामा माओवादी केन्द्र विजयी भएको छ । एउटामा एमाले विजयी भएको छ भने एउटा स्थानीय तहमा मतगणना जारी छ ।

रासकोट नगरपालिका, तिलागुफा नगरपालिका, पलाता गाउँपालिका, पंचाल झरना गाउँपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा माओवादी विजयी भएको प्रमुख जिल्ला अधिकारी गिरिधारी सुवेदीले जानकारी दिए । माओवादीले प्रमुख र उपप्रमुख सहित अधिकांश वडाहरु जितेको छ ।

रासकोट नगरपालिकाको प्रमुखमा काशिचन्द्र बराल र उपप्रमुखमा मिमसरा बम तथा तिलागुफा नगरपालिकाको प्रमुखमा रतनबहादुर शाही र उपप्रमुखमा दर्शना नेपाली विजयी भएकी छन् ।

यसैगरी सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा माओवादीका डम्बर शाही र उपाध्यक्षमा होइजाली बुढा, पंचाल झरना गाउँपालिका प्रमुखमा खड्क सेजुवाल र उपप्रमुखमा तारा न्यौपाने तथा पलाता गाउँपालिका अध्यक्षमा लक्ष्मण बम र उपाध्यक्षमा दाना न्यौपाने विजयी भएका छन् ।

प्रमुख जिल्ला अधिकारी सुवेदीले अनलाइनखबरसँग भने, ‘माओवादीले २ नगरपालिका र ३ गाउँपालिकामा जितेको हो । तर सन्चार असुविधाको कारण अन्तिम मत परिणाम लिन मलाई कठिनाइ भइरहेको छ ।’

कालिकोटको खाडाचक्र गाउँपालिकामा एमाले विजयी भएको छ भने महाबै गाउँपालिकामा मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment