Comments Add Comment

दोलखाको तामाकोशी गाउँपालिकामा एमालेका जिल्ला अध्यक्ष पोखरेल विजयी

४ जेठ, चरिकोट । दोलखाको तामाकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल विजयी भएका छन् ।

पोखरेलले ४ हजार ६ सय १५ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेस-माओवादी गठबन्धनका भविन्द्र कार्कीले ३ हजार ८ सय २० मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि एमालेकै उर्मिला केसी खड्का ४ हजार ४ सय २१ मतसहित विजयी भएकी छन् । उपाध्यक्षमा कांग्रेस-माओवादी गठबन्धनका रामप्रसाद पोखरेल ३ हजार २ सय ६० मत प्राप्त गरेर पराजित भए ।

तामाकोशी गाउँपालिका अन्तर्गत जफे र झुलेका ३ बुथमा कांग्रेसले कब्जा गरेको भन्दै एमाले उम्मेदवारले मतदानस्थल छाडेर हिँडेका थिए । पोखरेलले ती बुथमा पुन: मतदानको माग गरे पनि निर्वाचन आयोगले पुनःमतदानको आवश्यकता नरहेको जनाएको थियो । तर, कब्जा गरिएका भनिएका बुथमा पनि एमाले उम्मेदवारको पक्षमा उल्लेख्य मत खसेपछि उनको जित सहज भएको हो ।

एमालेका जिल्ला अध्यक्ष तथा जिल्लाका प्रभावशाली नेता भएका कारण उनलाई पराजित गर्न कांग्रेस र माओवादीले संयुक्त प्यानल बनाएर चुनाव लडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment