Comments Add Comment

चाँगुनारायण नगरपालिकामा कांग्रेसले खाता खोल्यो, वडा नं. १ मा विजयी

४ जेठ, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार विजयी भएका छन् । कांग्रेसले वडाध्यक्ष, महिला सदस्य र दुई खुला सदस्य जितेको छ भने दलित महिला सदस्यमा राप्रपा विजयी भएको छ ।

वडाध्यक्षमा कांग्रेसका राजेश खड्काले ९ सय २ मतसहित जित हात पारेका हुन् । उनका प्रतिद्वन्द्वी राप्रपाका ईश्वर थापाले ७ सय ९२ मत पाएका छन् ।

त्यस्तै, महिला वडा सदस्यमा सचिला खड्का, खुला सदस्यमा उद्धव खत्री र गणेशबहादुर श्रेष्ठले जितेका छन् । राप्रपाकी दलित महिला सदस्यमा लीलामाया दर्जी विजयी भइन्ले ।

चाँगुनारायण नगरपालिकाको कुरा गर्दा मेयरमा हालसम्मको गणनामा कांग्रेस अग्रस्थानमा छ । कांग्रेसका राजाराम खड्काले १ हजार ९ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका रविन्द्रप्रताप शाहले ५ सय ८२ मतसहित दोस्रो स्थानमा छन् भने एमालेका सोम मिश्र ४ सय ४३ मतसहित तेस्रो स्थानमा छन् ।

त्यस्तै, उपमेयरमा पनि कांग्रेसकी सरु बानियाँ ९ सय ६६ मतसहित अग्रस्थानमा छिन् । यस्तै, राप्रपाकी यवती कार्कीले ५ सय ९९ मत र एमालेकी बिना बास्तोलाले ५ सय ६४ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment