Comments Add Comment

सप्तरीको इलाका प्रशासन कार्यालयमा बम बिष्फोट

६ जेठ, सप्तरी । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित इलाका प्रशासन कार्यालयमा बम बिष्फोट गराएको छ । शुक्रबार राति गराइएको कुकर बम बिष्फोटबाट कुनै क्षति भएको छैन ।

शुक्रबार राति १२ बजेतिर कार्यालयको भुइँतल्लामा बिष्फोट भएको प्रहरीले जनाएको छ । बिष्फोटका कारण बाहिर राखिएको एउटा शोकेस फुटेको छ । यसबाहेक कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयकका एसपी अनुराग द्विवेदीले बताए ।

यसैबीच बिष्फोटको जिम्मेबारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतले लिएका छन् । उनले बिज्ञप्ती जारी गर्दै बिष्फोटको जिम्मा लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment