Comments Add Comment

कसरी सुमधुर राख्ने दाम्पत्य जीवन ?

कति यसैबर्ष बिवाह बन्धनमा बाँधिएका होलान्, कति बिवाहको तयारीमा जुटेका होलान् । बिवाह आफैमा एक सुखद् अनुभव हो । यद्यपी बिवाहले सुख मात्र ल्याउँदैन, सँगसँगै चुनौती पनि । खासगरी बिवाहपछि दाम्पत्य जीवनलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ उनीहरुको सोंच, इच्छा र आकंक्षामा एकरुपता नहुन सक्छ । स्वभाव, बानी-ब्यवहार, चालचलन पनि भिन्न भिन्नै हुनसक्छ । फरक पृष्टभूमीमा हुर्किएका महिला र पुरुष आपसमा मिलेर जीवनको यात्रा अघि बढाउनुपर्ने हुन्छ ।
पति-पत्नीको सम्बन्ध विश्वासमा टिकेको हुन्छ । जब उनीहरुबीच अविश्वास पैदा हुन्छ, सम्बन्ध धरापमा पर्न सक्छ । त्यसैले पति र पत्नीले एकअर्कामा विश्वासको वातावरण बनाउनु पर्छ । पार्टनरको विश्वास जित्नुपर्छ । झुट, छल, कपट जस्ता तत्वले विश्वासको वातावरण खल्बलिन्छ ।कसरी टिक्छ सम्बन्ध ?

आपसी तालमेल

हरेक मानिसको सोंच, इच्छा एकैनास हुँदैन । पति र पत्नीको सबै सोंच पनि मिल्नुपर्छ भन्ने छैन । यद्यपी आफ्नो सोंच अरुमाथि लाद्ने गल्ती भने गर्नु हुँदैन । कुनैपनि योजना तय गर्दा वा काम गर्दा आपसी समझदारी आवश्यक हुन्छ । चाहे त्यो किनमेलकै प्रसंगमा होस् वा वित्तिय ऋण लिने कुरामा नै, त्यसका निम्ति पति-पत्नीले आपसमा साझा धारणा तयार गर्नुपर्छ । एकलौटी ढंगले अघि बढ्दा दाम्पत्य तालमेल बिग्रन्छ ।

दायित्ववोध हुनुपर्छ

बिवाह गरेपछि घर-परिवारको सबै जिम्मेवारी पति-पत्नी दुबैले निर्वाह गर्नुपर्छ । एक जनालाई मात्र त्यसको दायित्व सुम्पनु हुन्न । सकेसम्म परिवारको दायित्व दुबैले समान रुपमा लिनुपर्छ । यसले आपसी सम्बन्धलाई थप बलियो, भरपर्दो र विश्वासिलो पनि बनाउँछ । भान्साको कामको सबै जिम्मा पत्नीले मात्र लिनुपर्छ भन्ने छैन, वा कुनै घर खर्च टार्ने काम पतिको भागमा मात्र छाड्नुपर्छ भन्ने पनि हुन्न । यस किसिमको काममा दुबैले आ-आफ्नो तर्फबाट दायित्व लिने काम गर्नुपर्छ, जसले सम्बन्धलाई टिकाउन मद्दत गर्छ ।

प्रेममय वातावरण

घर-व्यवहार चलाउने क्रममा आपसमा ठाकठुक पर्न सक्छ । मनमुटाव हुन सक्छ । हरेक दम्पतीमा यस्तो हुनसक्छ । यद्यपी त्यस किसिमको अन्र्तक्रियात्मक सम्बन्धले नै दम्पतीलाई परिपक्क बनाउँदै लाने हो ।

घर व्यवहारको कुरा एकातिर छ, यद्यपी पति-पत्नीले दाम्पत्य जीवनको आनन्द पनि उठाउनु पर्छ । सधै घर र व्यवहारको कुरा गरेर मात्र हुँदैन । बेलावखत सबैकुरा भुलेर उन्मुक्त रमाउनु पर्छ । पति वा पत्नी के कुरामा रमाउन सक्छन्, के कुरामा खुसी हुन सक्छन् भन्ने कुरा बुझ्नुपर्छ ।

दाम्पत्य जीवनलाई सुखमय कसरी राख्ने ?

– पति-पत्नीले हरेक कदम सोंच-विचार गरेर मात्र उठाउनु पर्छ । एकअर्कालाई बुझ्ने प्रयास गर्नुपर्छ ।

– कुराकानीको थालनी जहिले पनि सकारात्मक विषयबाट सुरु गर्नुपर्छ । एकैचोटी नराम्रो प्रसंगबाट कुरा सुरु गर्दा त्यसले राम्रो नतिजा दिदैन ।

– हरेक मानिस प्रसंशा चाहन्छन् । आफ्नो जीवनसाथीको मुक्त हृदयले सराहना गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment