Comments Add Comment

मधेसी मोर्चाको माग आंशिक भएपनि सम्बोधन हुन्छः प्रचण्ड

७ जेठ, जनकपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चाले दोस्रो चरणको निर्वाचनमा भाग लिने विश्वास व्यक्त गरेका छन् । दोस्रो चरणको निर्वाचन पहिलो चरणको चुनावभन्दा पनि ठूलो उत्सवको रुपमा सम्पन्न हुने दावी उनले गरे ।
आइतबार जनकपुरमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी दिँदै प्रधानमन्त्री प्रचण्डले पहिलो चरणको निर्वाचनभन्दा दोस्रो चरणको निर्वाचन बढी उल्लासमय हुने बताएका हुन् ।

दोस्रो चरणको निर्वाचन समयमै सम्पन्न हुनेमा शंका नगर्न पनि उनले सबैलाई आग्रह गरे । प्रधानमन्त्री दाहालले मधेसी मोर्चाको माग आंशिक भएपनि सम्बोधन गरेर निर्वाचनमा जाने पनि स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले सरकार दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारीमा जुटेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment