Comments Add Comment

बुढ्यौलीका संकेत कसरी हटाउने ? यी हुन् ५ उपाय

कसैलाई मन पर्दैन, आफ्नो शरीर बुढो भएको । यद्यपी समयक्रममा हाम्रो शरीरमा बुढ्यौलीका संकेतहरु देखापर्न थाल्छ । अनुहार चाहुरिन थाल्छ, विभिन्न दीर्घ रोगले च्याप्न थाल्छ, हिँडडुल गर्ने जाँगर चल्दैन, खानपानमा अरुची हुन थाल्छ, आँखाको दृष्टि कमजोर हुन्छ ।

उमेर बढ्दै जाँदा बुढो हुनु स्वभाविक हो । यद्यपी बुढ्यौलीमा पनि जवान एवं तन्दुरुस्त रहन सकिन्छ । यसका लागि खानपान, दिनचर्यामा ध्यान दिनुपर्छ । नियमित योग, व्यायामले शरीरलाई उर्जावान र फूर्तिलो राख्छ । साथै निरोगी पनि । अतः बुढ्यौलीको संकत आउन नदिन केहि व्यायामको साहारा लिन सकिन्छ ।

सक्रिय रहनुहोस्, जवान देखिनुहोस्

उपाय धेरै सजिलो छ । यसका लागि तपाई केवल सक्रिय रहनुपर्छ । जति उमेर ढल्दै जान्छ, उत्तिनै हामी निस्त्रिmय हुन्छौ । यस किसिमको निस्त्रिmयताले हामीलाई चाडै बुढ्यौलीतिर धकेल्छ । त्यसैले आफ्नो दैनिकीलाई सक्रिय राख्नुपर्छ ।

तपाई जति सक्रिय रहनुहुन्छ, उत्तिनै फिट पनि । तपाईको रक्त प्रवाह सहि ढंगले हुन्छ, पाचन प्रक्रिय चुस्त रहन्छ । यसले अपचको समस्य हुँदैन । शारीरिक रुपले सक्रिय मानिसहरु सधै जवान र उर्जावान् देखिन्छ ।

टहल्नुहोस्

हरेक विहान र साँझ आधा घण्टा जति घर बाहिर टहल्नुहोस् । जब तपाई टहल्न निस्कनुहुन्छ, मानसिक वेचैनी हट्छ । मन चंगा हुन्छ । यसका लागि धेरै दौडधूप गर्नुपर्दैन । पसिना निकालनुपर्छ भन्ने पनि छैन । आरमसाथ विहान तीस मिनेट र साँझमा तीस मिनेट टहल्नुहोस् । एक अध्ययन अनुसार यदि तपाई नियमित रुपमा हिँडडुल गरिरहनुहुन्छ भने मस्तिष्क संकुचनको खतरा ५० प्रतिशत कम हुन्छ ।

योग गर्नुहोस्

योग हरेक उमेर समूहको लागि उत्तिकै उपयोगी छ । एक अध्ययन अनुसार योगले बृद्धावस्थामा कब्जियत, मोटोपन, अनिन्द्रा, उच्च रक्तचाप आदिको खतरा हुन दिदैन । दैनिक मिनेट योगका लागि समय निकाल्न सकिन्छ । १५ मिनेट बसेरै गहिरो सास लिने र छाड्ने अभ्यास गर्नुपर्छ । दिनमा दुई तीन पटक सीधा  उभिएर हात-खुट्टाको दुईदेखि तीन मिनेटसम्म स्ट्रेच गर्नुपर्छ ।

छिमेकीसँग बातचित गर्नुहोस्

आफ्नो एक्लोपना मेट्न छिमेकीसँग भलाकुसारी, ख्यालठट्टा गर्नुपर्छ । यसले मानसिक रुपमा आफुलाई स्वस्थ्य राख्न मद्दत मिल्छ । आफुले अनुभव गरेका कुराहरु साझेदार गर्नुपर्छ ।

रचनात्मक काममा लाग्नुहोस्

आफ्नो सीप, क्षमताको उपयोग गरेर बुढ्यौली मानसिकता हटाउन सकिन्छ । आफुले जे कुरा जानेको हो, त्यसको उपयोग गर्नुपर्छ । नजानेको कुरा सिक्न पनि सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment