+
+
Shares

कसले उठायो परिणितीको स्कर्ट ?

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ८ गते १८:३१

नायिका परिणिती चोपडाले आफ्नो बाल्यकालको एउटा घटना संझिएकी छिन् । ‘वुमन सेल्फ डिफेन्स ग्रेजुएसन डे’मा सहभागी हुने क्रममा उनले भनिन्-‘म साइकलमा स्कुल जान्थेँ । किनकी, कार किन्नका लागि हामीसँग पैसा थिएनँ । मलाई कसैले जिस्क्याउँछ भनेर मेरो बुबा केही परसम्म साइकलमा नै मसँगै जानुहुन्थ्यो ।’ तर, पापा फर्किएपछि केही केटाहरुले मलाई जिस्काउँथे । यतीसम्म कि, उनीहरुले मेरो स्कर्ट समेत उठाउने कोशिश गर्थे ।’

‘मलाई मेरा आमाबुबाप्रति यो कुराले घृणा पैदा भएको थियो । मलाई उहाँहरुले किन साइकलमा स्कुल पठाउनुहुन्छ भन्ने मलाई लागेको थियो । तर, उहाँहरु म बलियो भएको हेर्न चाहुनुहुन्थ्यो’, परिणितीले भनिन् ।

परिणितीले उपस्थिती विद्यार्थीहरुसँग भनिन्-‘तपाइहरुसँग यति धेरै सुविधा छ । तर, यस्तो सुविधा मसँग कहिल्यै थिएनँ ।’ उनले आफूले भोगे जस्तो घटना भएमा अगाडिको व्यक्तिको मुखमा मुक्का हान्न सुझाव समेत दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?