Comments Add Comment

ब्युटी टिप्सः आँखीभौं अर्थात आइब्रो कसरी बाक्लो बनाउने ?

भनिन्छ, आँखामा केहि लुकाउन सकिदैन । त्यस्तै आँखीभौं अर्थात आइब्रो हाम्रो भाव-भंगीमा दर्शाउँछ । यो सौन्दर्यको परिचयक पनि हो । यसलाई बाक्लो र सहि आकार दिएर अनुहारको आकर्षण बढाउन सकिन्छ । आँखालाई सुन्दर देखाउनका लागि आँखीभौंलाई सहि बान्कीमा सजाउनु पर्छ । यसको लम्बाई र बनौटमा ख्याल गर्नुपर्छ । आँखीभौंको लम्बाई आँखाभन्दा लामो हुनुपर्छ ।

आँखीभौं कसरी बाक्लो एवं घना बनाउने ?

–    मनतातो पानीमा कपास भिजाएर आँखीभौंमा लगाउने । यसपछि हल्का ढंगले आँखीभौंको मसाज गर्ने । १० मिनेटसम्म मसाज गर्नुहोस् । यसले गर्दा त्यहाँ तिब्र ढंगले रक्तसंचार हुन्छ र आँखीभौं बाक्लो हुन्छ ।

–    जैतुनको तेलले नियमित रुपमा मसाज गर्दा पनि आँखीभौं बाक्लो हुन्छ । जैतूनको तेलमा पाइने पोषक तत्वले त्यसमा पोषण दिएर कालो एवं बाक्लो बनाउन मद्दत गर्छ ।

–    बदामको तेलले मसाज गर्दा आँखीभौं कालो, बलियो र बाक्लो हुन्छ ।

–    हप्तामा दुई पटक अण्डाको पहेंलो भाग लगाएर हल्का ढंगले आँखीभौंमा मसाज गर्नुपर्छ । यसमा पाइने सेलेनियमले पोषण दिन्छ र आँखीभौं बाक्लो हुन्छ ।

–    राती सुत्नुअघि यसमा घिउकुमारीको पेस्टले मसाज गर्नुपर्छ ।

–    कपासको सहयोगले काँचो दुध लगाउनुपर्छ ।

कसरी सुन्दर बनाउने आँखीभौं

–    यदि तपाईको आँखीभौं पातलो छ भने त्यसमा ब्राउन कलरको आइब्रो पेन्सिलको प्रयोग गर्नुहोस् ।

–    आईश्याडोको प्रयोगले आँखीभौं आकर्षक देखिन्छ ।

–    प्लकिङबाट आँखीभौंको रौं उखेलेपछि त्यसमा स्तरिय एन्टीसेप्टिक क्रिम लगाउनुपर्छ ।

आँखीभौं बनाउँदा ध्यान दिनुपर्ने कुरा

–    यदि तपाईको आँखीभौं प्राकृतिक रुपले सुन्दर एवं धनुषाकार छ भने त्यसलाई नचलाउनुहोस् ।

–    आँखीभौंलाई सहि आकार दिनका लागि थ्रेडिङ तथा टि्वजर दुई बिधी हुन्छ । थ्रेडिङ विधीमा धागोको साहयताले अनावश्यक रौं उखेलिन्छ भने दोस्रो विधीमा चिम्टीले अनावश्यक रौं उखेलिन्छ र आँखीभौंलाई सहि आकार दिइन्छ ।

–    आँखीभौंको रौं उखेलेपछि त्यसमा आइसक्युबले रगड्नुपर्छ, जसले दुखाई कम हुन्छ ।

अनुहारको बान्की अनुसार कस्तो आँखीभौं ?

गोलाकार अनुहार- गोलाकार अनुहारमा पर्वताकार आँखीभौं बनाउनुपर्छ । यदि यसमा गोलाकार आँखीभौं बनाइयो भने त्यसले अनुहार थप गोलाकार देखिन्छ ।

लाम्चो अनुहार- यस्तो अनुहारमा गोलाकार आँखीभौं बनाउनुपर्छ ।

चौडा अनुहार- चौडा अनुहारमा आँखीभौं गोलाकार बनाउने र कानको भागतिर झुकाउने ।

सानो अनुहार- सानो अनुहारमा लामो वा पातलो आँखीभौं सुहाउँदैन । सामन्य आकारको बाक्लो आँखीभौं बनाउनु पर्छ ।

अन्डाकार अनुहार- अन्डाकार अनुहारमा गोलाकार आँखीभौं नबनाउने, थोरै सिधा राख्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment