+
+
Shares

चाँगुनारायणको मतगणना तीन दिनदेखि अवरुद्ध

भरतबन्धु थापा भरतबन्धु थापा
२०७४ जेठ ९ गते १६:५५

९ जेठ, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना स्थगित भएको तीन दिन बितिसक्दा पनि सुरु हुन सकेको छैन । मतगणना प्रक्रिया शुरु गर्नका लागि मंगलबार बसेको सर्वदलीय बैठक पनि निष्कर्षविहीन भएपछि मतगणना शुरु हुन नसकेको हो ।

बैठकमा प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मा, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा आज दुई चरणमा बैठक बसे पनि सहमति हुन सकेन । सोमबारको सर्वदलीय बैठकमा सहमति जुटेको थिएन ।

चाँगुनारायण नगरपालिकाको वडा नम्बर ४ को मतगणनाका क्रममा नेपाली कांग्रेस, राप्रपा र नेपाल मजदुर किसान पार्टीको मत तलमाथि भएको भन्दै विवाद बढेको थियो । विवाद बढ्दै जाँदा एमाले र नेमकिपाले पुनः मतगणना गर्नुपर्ने माग राखेपछि आइतबारदेखि मतगणना अबरुद्ध छ ।

लेखक
भरतबन्धु थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?