१२ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा एमालेका देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहालसंगको मतान्तर पुनः बढाएका छन् ।
विहीबार साँझसम्मको मत गणनामा रेणुले मताअन्तर घटाएपनि शुक्रबार विहान पुनः एमालेका ज्ञवालीको मत बढेको छ ।
ज्ञवालीको अग्रता घटेर १३ सय ३७ सम्म आइपुगेको थियो । जतिवेला देवीको मत ३२ हजार २५३ र रेणुको मत ३० हजार ९१६ रहेको थियो ।
शुक्रबार विहान ज्ञवालीले १५३८ मतान्तरका साथ अग्रता लिएका छन् । ज्ञवालीको मत ३४ हजार २५० छ भने रेणुको ३२ हजार ७१२ मत छ ।
१६ नं. वडाको मत गणना हुँदै गर्दा ज्ञवालीको मतान्तर बढेको हो ।
राप्रपाका मेयरका उम्मेदवार बद्रि तिमिल्सिनाको मत ५०७४ छ ।
यस्तै उपमेयरमा भने कांग्रेसकी पार्वती शाहले ३६ हजार ३०८ मत प्राप्त गरी अग्रता लिइरहेकी छन भने एमालेकी दिब्य शर्माको मत ३० हजार ९९९ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4