Comments Add Comment

लुक्ला विमान दुर्घटनाः चालक र सहचालकको अवस्था गम्भीर

१३ जेठ, काठमाडौं । सोलखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटनामा परेका विमानका चालक दलका सदस्यहरुको उद्दार गरिएको छ ।

काठमाडौंबाट उठेको गोमा एयरको कार्गो विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा चालक दलका तीन सदस्य घाइते भएका थिए । विमान धावनमार्गबाट केही तल खसेको र अगाडिको भागमा क्षति पुगेकाले चालकको उद्दारमा कठिनाई भएको थियो ।

विमानका चालक चालक पारस राई र सहचालक श्रीजन मानन्धर थिए भने विमान परिचारिका प्रज्ञा महर्जन थिइन् ।

तीनै जनाको उद्दार गरिएको छ । दुर्घटनामा परेका विमानमा आगलागी नभएकाले ठूलो क्षति हुन पाएन । तर, चालक राई र सहचालक मानन्धरको अवस्था गम्भीर छ ।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मौसममा सुधार आउनासाथ थप उपचारका लागि काठमाडौं पठाइने विमानस्थलका अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment