Comments Add Comment

भोट माग्न जाँदा वडाध्यक्षका एमाले उम्मेदवारमाथि कुटपिट

१३ जेठ, झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नंं. ७ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका रमेश त्रिखत्रीमाथि कुटपिट भएको छ ।

उनलाई पूर्वएमाले कार्यकर्ता एवम् स्थानीय अर्जुनधारा माविका शिक्षक भोला पौडेलले कुटपिट गरेका हुन् ।

पार्टी हित विपरित कार्य गरेको भन्दै उनलाई कारबाही गरिएको थियो । शनिबार भोट माग्न पौडेलको घरमा जाँदा त्रिखत्रीमाथि कुटपिट भएको एमालेले जनाएको छ ।
साथै, वडा सदस्यका उम्मेदवार कमल निरौलामाथि पनि दुव्र्यवहार गरिएको एमाले कार्यकर्ताले जनाएका छन् ।

कुटपिटपछि प्रहरी चौकी शनिश्चरेले पौडेललाई नियन्त्रणमा लिएको थियो । लगत्तै एमालेका जिल्ला कमिटी सदस्य भोला परियार, क्षेत्रीय सचिव पुण्य सुवेदी, नगर अध्यक्ष प्रेमसागर सापकोटासहितको छलफलले समझदारीमा यो विवाद सामधान गरिएको छ ।

छलफलमा सहभागी एक नेताका अनुसार पौडेललाई पार्टीमा पूर्ववत् जिम्मेवारीमा फर्काइएको छ भने आइतबार उनकै घरमा निर्वाचन प्रचारप्रसार सुरु गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment